Fri. Mar 7th, 2025

धादिङका सांसदहरुद्धारा लपाङ बस दुर्घटनाका घाइतेको निशुल्क उपचारको माग

marpak-accident-1-copy

११ असोज,  धादिङ –धादिङका सांसदहरुले लपाङमा भएको बस दुर्घटनाका घाइतेहरुलाई निशुल्क उपचारको सरकारसंग माग गरेका छन् ।

धादिङ क्षेत्र नं. १ बाट निर्वाचित व्यवस्थापिका सांसद सदस्य धनबहादुर घले, व्यवश्थापिका संसदका सदस्यहरु परशुराम तामाङ र दिलमान पाख्रिनले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी घाइतेको निशुल्क उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका हुन् ।

सांसद घले धादिङ क्षेत्र नंबर १ अन्तर्गत बसेरी गाविसका स्थानिय बासिन्दा हुन् ।  उनि गत संविधानसभामा एमालेबाट निर्वाचित भएका थिए भने तामाङ राप्रपा र पाख्रिन नेपाली कांग्रेसका समानुपातिक सांसद हुन् । सांसद तामाङ र पाख्रिनको घर सत्यदेवी गाविसमा पर्छ ।

दशैको मुखमा १९ जनाको ज्यान जाने गरी भएको दुर्घटनाले धेरैको परिवार विचल्लीमा पर्ने अवस्था भएको उल्लेख गर्दै सांसदहरुले छिटो भन्दा छिटो क्षतिपूर्तिको दिलाइदिन सरकारसंग माग गरेका छन् । दुर्घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सांसदहरुले दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको सामुहित अन्यष्टि गरिने मृतकका परिवार र आफन्तहरुले प्रतिक्रिया दिएका छन् ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस दुर्घटनामा १८ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

About The Author

अन्य समाचारहरु: