Thu. Mar 6th, 2025

राजनीतिक सङ्क्रमणकाल बढ्योः केपी ओली

kp_oli3

१० असोज,   काठमाडौँ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तनका कारण राजनीतिक सङ्क्रमणकाल बढेको बताएका छन्।

एमाले प्रदेश नं ३ को प्रथम बैठकको आज ललितपुरमा उद्घाटन गर्दै उनले सङ्क्रमणकाल बढेकाले राजनीतिक परिवर्तन सरल तरिकाले टुङगोमा पु¥याउन जटिल भएको बताए । “संविधान जारी गरेपछि हामी राजनीतिक सङ्क्रमणकालको अन्तिममा थियौँ”–पूर्वप्रधानमन्त्री ओलीले भने, “तर संविधान पूर्ण रुपमा कार्यान्वयन नभएकाले राजनीतिक परिवर्तन जटिल मोडमा पुगेको छ। सङ्क्रमणकाल सहज ढङ्गले जाने स्थिति छैन।”

उनले कार्यकारी पदमा नभए पनि अहिलेको सङ्क्रमणकाललाई टुङ्ग्याउने जिम्मा एमालेको छ भन्दै आगामी २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सक्नुपर्ने बताए। छिमेकीसँगको नीतिमा केही समस्या आए पनि अन्तर्राष्ट्रिय नीतिमा केही फरक नपरेको उनले जिकिर गरे।

उनले देश गम्भीर अवस्थामा पुगेपनि नेपाली काँग्रेसले चुप लागेर सत्ताको मुख ताकेको आरोप लगाए। “देशमा अशान्ति छ। तर काँग्रेस एकाग्रह बनेको छ। केही बोल्दैन”¬–उनले भने, “काँग्रेसको अर्जुनदृष्टि सत्तामा पुगेको छ। देशका बारेमा गम्भीर छैन।” नेता ओलीले आफूहरु हिमाल, पहाड र तराईका समस्या समाधान गर्न लडेको तर पनि आदिवासी जनजाति र मधेसी विरोधीको आरोप लगाएकामा आक्रोश व्यक्त गर्दै त्यसलाई खण्डन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लोकतान्त्रिक मूल्य मान्यताका हिसाबले विश्वको अग्रगामी संविधानभित्र नेपालको संविधान पर्ने बताउँदै सबै जातजाति र भाषाभाषीको अधिकार स्थापित गर्ने समाजवाद उन्मुख संविधान भएको जिकिर गरे। पूर्वप्रधानमन्त्री खनालले संविधान चाँडै घोषणा गर्नुपर्ने भएकाले एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारीको अडान छाडेको उल्लेख गर्दै तर त्यसलाई पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए।

उनले भने, “ तोकिएको समयमा तीन तहको निर्वाचन गरेर राजनीतिक सङ्क्रमणकाल अन्त्य गर्नुपर्छ।” उनले पार्टी गुट र समूहगत भावनाले ग्रस्त भएकाले त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सार्वभौम, राष्ट्रियता र स्वतन्त्रतामाथि हस्तक्षेप हुने खालका गतिविधि बढेकाले खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याईन्। रासस

About The Author

अन्य समाचारहरु: