६ असोज, काठमाडौं – व्यापारिक प्रायोजनका लागि निर्माण गरिएका भवनहरूले सरकारलाई नियमित कर तिर्ने गरेका छैनन् ।
काठमाडौंका एक दर्जन बढी व्यापारिक मलहरूले नियमित रूपमा कर नतिरेको पाइएको हो ।
स्थानीय स्वायत्त शासन ऐनको दफा १४६ अन्तर्गत व्यापारिक कारोबारका लागि निर्मित भवनले घरजग्गा कर, मालपोत कर, बहाल कर, सवारी कर वाषिर्क रूपमानै तिर्नुपर्ने प्रावधान रहेको आजको छ ।
खाद्यसंस्थानको जग्गामा रहेको कंचनगंघा टावर, विश्वविद्यालयको जग्गामा रहेको युनाइटेड वर्ड ट्रेड सेन्टर, नेशनल ट्रेडिङ लिमिटेड टेकु, थापाथलीस्थित नेपाल जेसीसद्वारा नवनिर्मित दुईवटा भवन, सिविल मल र काठमाडौं मलले नियमित कर नतिरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
सरकारलाई वार्षिक घरजग्गा बहाल, व्यवसायिक , सवारी कर तिर्नुपर्ने प्रावधान रहे पनि कतिपय व्यापारिक संस्थाले कारोबारको विवरणसमेत पेश गरेका छैनन् । नेपाल समाचारपत्र दैनिकबाट