Wed. Nov 27th, 2024

जिल्ला अस्पताल धादिङबेसीमा प्रशासकिय कक्ष संचालन

district-hospital-dhading४ असोज, धादिङ – जिल्ला अस्पताल धादिङबेसीमा प्रशासकिय कक्ष संचालन गरिएको छ ।

दैनिक कार्य सहज बनाउनका लागि कक्षको संचालन गरिएको हो । मंगलबार एक कार्यक्रमको आयोजना गरि धादिङका जिल्ला न्यायधिस ईश्वरराज आचार्यले उद्घाटन गरे ।

कुल ६३ लाखको लागतमा निर्माण गरिएको प्रशासकिय कक्ष संचालन पछि इमर्जेन्सि कक्ष, बिरामी भर्ना कक्ष, औषधी कक्ष व्यवस्थापनमा सहज हुने अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल धादिङका व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्ल, प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार, नीलकण्ठ नगरपालिका धादिङका प्रमुख देवराज चौलागाई लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको अवसर पारे जिल्ला अस्पताल धादिङबेसीमा भर्ना भएका बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: