३० भदौ, धादिङ – भारतमा एउटै समारोहमा ९१ हजारले पार्टीको सदस्यातका लिएका छन् । भारतको तामिलनाडु चेन्नईको वाइएमसीए मैदानमा आयोजित एउटा कार्यक्रममा एकैपटक ९१ हजार ३ सय ८ व्यक्तिले एउटा पार्टीको सदस्यता ग्रहण गरेका छन्।
तामिलनाडुमा शासन गरिरहेकी मुख्यमन्त्री जयललिताको अन्नाद्रमुक पार्टीको सदस्यता लिन करिब एक लाखको हाराहारीमा मानिसहरू जम्मा भएका थिए। जसमा त्यहाँका पूर्व मेयर, अन्य पार्टीका नेता, विधायक, अभिनेता गंजा करुप्पु र पासी सत्या पनि रहेको बताइएको छ।
यस कार्यक्रममा सबैलाई सदस्यता वितरण गरेपछि तामिलनाडुका मुख्यमन्त्री जयललिताले भनिन्–‘जो व्यक्ति समाजको हितका लागि काम गर्न चाहन्छन्, उनीहरूका लागि अन्नाद्रमुलक पार्टीभन्दा उत्तम विकल्प अरु हुन सक्दैन।’