२७ पुस, धादिङ
पृथ्वीनारायण शाहको २ सय ९३ औं जन्मजयन्ती धादिङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा आइतबार क्षेत्री समाज धादिङले विभिन्न बाजागाजा सहितको ¥याली निकालेको छ ।
धादिङबेसी आसपसमा बसोवास गर्ने क्षेत्री समुदायका मानिसहरु आ –आफ्नो भेषभुषामा सजिएर ¥यालीमा सहभागी भएका थिए ।
¥याली धादिङबेसी परिक्रम पछि कोणसभामा परिणत भएको क्षेत्री समाजको अध्यक्ष लोकेन्द्र थापा क्षेत्रीले जानकारी दिनुभयो ।
बाइसे–चौबिसे राज्यहरुलाई एकीकरण गरी नेपालको अहिलेको स्वरुपमा ल्याउन सफल शाहको स्मरणमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
गणतन्त्र स्थापना अघि पुस २७ गतेलाई सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गर्दथ्यो । हाल आएर यो नागरिकस्तरमा सिमित भएको छ ।
धादिङसंगको सम्बन्ध
धादिङ जिल्लासंग पृथ्वी नारायण शाहको घनिष्ठ सम्बन्ध रहेको जानकारहरु बताऊँछन् । धादिङको मैदी गाऊँ विकास समिति स्थित खड्कदेवी मन्दिरमा पृथ्वीनारायण शाहको व्रतबन्ध भएको प्रशङ्गसंगै सल्यानकोट गाऊँ विकास समिती स्थित त्रिपुरा सुन्दरी माईको कोटमा बास बस्ने क्रममा राती सपनामा एक कन्याले ठुलो हतियार दिई तपाईँले विजयी अवश्य हाँसिल गर्नुहुन्छ, जानुस् लड्नुस् भनेर दिएको आशिर्वाद पनि देश एकिकरणका लागी सहयोगी मानिन्छ । त्यती मात्र नभई केबरपुर गाऊँ विकास समितीमा बास बस्ने क्रममा एक बुढि आमासंग भएको गन्थनमन्थन र तिनै बुढिआमाले दिनुभएको सुझाव पनि एकिकरणका निम्ती सहयोगी मानिन्छ ।