२८ भदौ, लन्डन – बेलायती पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती संसद, हाउस अफ कमन्सबाट पनि राजीनामा दिएका छन्।
बेलायत युरोपेली युनियनमा नरहने भनी बेलायती नागरिकले जनमतसङ्ग्रहमा गरेको निर्णयबमोजिम बेलायत युरोपबाट फिर्ता हुने प्रक्रियामा सहज वातावरण होस् भनी प्रधानमन्त्रीका रुपमा उनले गत जुलाईमा राजीनामा दिएका थिए।
क्यामरुनले बेलायत ईयूबाट बहिर्गमन गर्नु हुने वा नहुने भन्ने विषयमा बेलायत र ईयूको सहकार्य टुटाउन नहुने पक्षमा लागे पनि अन्ततः उनको अभियानले सफलता पाउन सकेको थिएन। ४९ वर्षिय क्यामरुन विट्नीबाट सन् २००१ देखि संसदमा प्रतिनिधित्व गर्दै आएका थिए। राससरएएफपी