Thu. Mar 6th, 2025

तरुण दलको महाधिवेशनमा धादिङका पाण्डव कुमार श्रेष्ठको उम्मेदवारी घोषणा

pandav-shrestha२७ भदौ, धादिङ – पोखरामा हुन गइरहेको तरुण दलको चौथो महाधिवेशनमा जनजातिको तर्फबाट धादिङका पाण्डब कुमार श्रेष्ठले केन्द्रिय सदस्यका रुपमा उमेदवारी घोषणा गरेका छन् । महाधिवेशन आगामी असोज ३, ४ र ५ गते हुँदै छ ।

सानैदेखि नेपाली काङग्रेसमा संगठित भएर प्रजातान्त्रिक आन्दोलनमा समाहित भएका श्रेष्ठले धादिङ जिल्लामा पार्टीको श्रीबृद्धीका लागि महत्वपूर्ण योगदान पु¥याएका छन् । नेपाली काङग्रेसको महाधिवेसन प्रतिनिधि समेत भइसकेका श्रेष्ठ युवा पुस्तामा निकै लोकप्रिय समेत छन् ।

समावेशी र समानुपातिक रुपमा लोकतन्त्रको प्रयोग र सम्वर्धन गर्न विभिन्न जाति, वर्ग र समुदायको समस्यालाई सम्वोधन गर्नु पर्ने यथार्थलाई राज्यले समेत स्विकारिसकेको छ । जनजातिको समस्या र मुद्दाहरुलाई लोकतान्त्रिक पद्धति र प्रकृया मार्फत सम्वोधन गर्नुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठको विजयले जनजातिसँग सम्वन्धित मुद्धाहरुको सम्वोधनमा महत्वपूर्ण योगदान पु¥याउने निश्चित छ ।

लायन्स क्लवमा आवद्ध भएर सामाजिक कार्यमा लामो सयदेखि क्रियाशील श्रेष्ठ सामाजिक अभियन्ताको रुपमा समेत परिचित छन् । तरुण दल प्रजातान्त्रिक युवाहरुको संगठन हो । जसले विधिको शासन वा लोकतान्त्रिक ब्यवस्थाको स्थापनाका लागि दशकौंदेखि संघर्ष गरिरहेको छ । यस्तो गरिमापूर्ण संगठनलाई आवश्यक पर्ने सीप, संकल्प, बलिदानी र क्रियाशीलता भएका पाण्डब कुमार श्रेष्ठको उमेदवारीले देश भरका युवाहरुमा उत्साह संचार भएको सहजै विश्वास गर्न सकिन्छ ।

पाटीं संस्थापन पक्षसँग निकट संम्वन्ध रहेका श्रेष्ठको उमेदवारी पनि संस्थापन पक्षबाटै हुने लगभग निश्चित छ । जसले गर्दा श्रेष्ठको विजय पनि सुनिश्चित रहेको विश्वास गर्न सकिन्छ ।

About The Author

अन्य समाचारहरु: