२७ पुस, काठमाडौं
पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा अरू केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर ऐतिहासिक महत्त्व दिन खोज्नु गलत हुनेछ । त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्त्व हो ।
यो पंक्ति कांग्रेस नेता प्रदीप गिरिद्वारा सम्पादित पुस्तक विश्वेश्वरप्रसाद कोइराला, राजनीतिक अभिलेखु को पृष्ठ १७६ मा उल्लेख छ । शाहलाई राष्ट्रिय एकताका प्रतीक र श्री ५ बडामहाराजाधिराजका रूपमा पुज्नेहरू एकातिर छन् । बाबा गोरखनाथले दही पिलाउन खोज्दा शाहले खुट्टामा पोखाएको कथामा कहाँबाट किंवदन्ती सकिन्छ र इतिहास सुरु हुन्छ, खुट्टयाउन गाह्रो छ ।
गोरखा साम्राज्यका क्रूर राजाु लाई आधुनिक नेपालमा निषेध गर्नुपर्छ भन्नेहरू अर्कातिर छन् । सामन्ती राज्य विस्तार गर्ने, अरू राज्यको पहिचान निल्ने साम्राज्यवादीका रूपमा उनीहरू शाहलाई बुझ्छन् । बदलिँदो युगसँगै राष्ट्रिय एकताका नयाँ प्रतीकहरू खोजिनुपर्ने उनीहरूको मत छ । अबको नेपालमा एउटा निश्चित शासकमात्रै नायक हुन नसक्ने, बहुनायक खोजिनुपर्ने उनीहरूको माग छ ।
लम्बिँदो संक्रमणकाल र बढदो अन्योलबीच विवादहरू सतहमा छन् । शाहमाथि यतिका सूचना, जानकारी उपलब्ध छन् । एउटा प्रश्न भने थाती नै छ, आखिर को हुन् पृथ्वीनारायण शाह रु यति महत्त्वसाथ आजका मितिसम्म सम्भिनुपर्ने त्यस्तो के छ उनीभित्र रु बितेर गएको २ सय ४० वर्षपछि पनि समर्थन र विरोधमा सर्वसाधारण बाँडिनुपर्ने त्यस्तो के छ उनीभित्र ?
शाहलाई हेर्नेबारे पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईका धारणा बीपीसँग धेरै हदसम्म मिल्दाजुल्दा भेटिए । बीपी लेख्छन्, ु१८१६ सालपछि नेपाल देश त बन्यो । नेपाल राष्ट्र बनाउने प्रयत्न भएन । शरीरको ढाँचा त खडा भयो, तर त्यसमा आत्मा आउन सकेन । फ्रम बनाइयो, तर तस्बिर राखिएन । नेपालको सन्दर्भमा एकतन्त्रीय हुकुमी राज्य राष्ट्रियताको घातक हो । ( ९पृष्ठ १७९, उही)
भट्टराई भन्छन्, इतिहासको त्यो कालखण्डले शाहजस्तो विशिष्ट पात्र माग गथ्र्यो नै । दक्षिण एसियामा अंग्रेज उपनिवेश विस्तार हुँदै गर्दा यहाँका साना राज्य मिलाएर बलियो राज्य बनाउने उनको प्रयास त्यो बेला जस्तो भए पनि नतिजा सही निस्कियो ।
शाहले गोरखाजस्तो विकट ठाउँको सामान्य आर्थिक हैसियतका राजा हुँदाहुँदै राज्य विस्तार गर्ने महत्त्वाकांक्षा राखेका थिए । काठमाडौंका मल्ल राजाहरू शक्ति र सम्पत्ति दुवैले बलियो अवस्थामा थिए । परस्पर नमिल्ने मल्ल राजाहरूले राज्य विस्तारको पहल गर्ने कुनै छाँट थिएन । अंग्रेजहरू दक्षिण एसियाभरि उपनिवेश फैलाउँदै अघि बढिरहेका बेला शाह साना राज्यहरूको अन्तरविरोध पहिल्याउँदै सीमित सैन्यबल र सामग्रीका भरमा कब्जा गर्दै थिए ।
भट्टराईको भनाइमा छापामार युद्धकलाका माध्यमबाट शाहले त्यत्रो शक्ति आर्जन गर्न सकेका थिए । उनको आक्रमण शैली सैन्यमात्रै थिएन, घेराबन्दी, नाकाबन्दीमा आधारित थियो । शाहको चिन्तन यो भूखण्डमा राज्य विस्तार गर्ने नै थियो, तर यतिमात्रै बुझियो भने अपूरो हुन्छ, उनी थप्छन्, यहाँका ससाना राज्यले अंग्रेजसँग अलग(अलग लड्न सम्भवै थिएन । शाहले ठीक यहाँनेर सकारात्मक भूमिका खेले ।
शाहलाई सामन्त राजा भनी अथ्र्याउँदा त्यस बेलाको समाज कस्तो थियो भनी हेर्नु आवश्यक हुने भट्टराईको धारणा छ । कविला युगको राज्यलाई सामन्ती चरित्र दिन शाहको योगदान रहेको उनी सम्झन्छन् । शाहले सामन्ती केन्द्रीकरणको नेतृत्व गरे । विजयका क्रममा कीर्तिपुरका नेवार, तामाङलगायतको राज्य दख्खल गर्दा अत्याचार भएका छन्, भट्टराई भन्छन्, जुनसुकै युद्धमा यस्तो हुन सक्छ । यसलाई सकारात्मक र नकारात्मक परिणामको योगफलबाट मूल्यांकन गर्न सक्नुपर्छ ।
एमालेको सक्रिय राजनीतिबाट २०६५ मा बिदा लिएका इतिहास र संस्कृति अध्येता मोदनाथ प्रश्रति यतिबेला शाहलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा स्वीकार गरिनुपर्ने, पुस २७ गते पृथ्वी जयन्तीका रूपमा मनाउन फेरि थाल्नुपर्ने मागका कारण चर्चामा छन् । आफू एमालेमा रहँदा पनि पार्टीभित्र शाहलाई उदार भएर हेर्न सक्नुपर्ने मान्यता राख्ने गरेको उनी सम्झन्छन् । जनताको मन विभाजित हुँदै गएका बेला शाह र राष्ट्रिय एकताको सन्दर्भ उल्लेख्य रहेको उनको भनाइ छ ।
ुनेपाल पृथ्वीनारायणको पालामा मात्रै एकीकृत भएको होइन । जनक राजाले मिथिलामा बसेर हिमालयदेखि गंगासम्म एकीकरण गरे, यलम्बरले किराँत राज्य, मानदेवले लिच्छवि राज्य जोडे, यक्ष मल्लले मल्ल राज्य, प्रश्रति भन्छन्, नेपाल टुक्रिने, जोडिने चलिरहन्थ्यो । काठमाडौंका राजारजौटा लडिरहने, देशविकास भने नहुने भइरह्यो । ललितपुरमा त एक वर्षभित्र छ राजा फेरिएको इतिहास भेटिन्छ । पृथ्वीनारायणको उदय यस्तो सन्दर्भमा भएको छ ।
पछिल्ला दिनमा केही दल र नेताले शाहको विम्ब आफ्नो राजनीतिक उद्देश्यसँग जोड्न खोजेको प्रश्रतिलाई निको लागेको छैन । तर संघीयताजस्ता मुद्दाले राष्ट्रिय एकतालाई राम्रो नगर्नेमा उत्तिकै जोड दिन्छन् । हिजो राजासँग बसेका साथीहरूलाई पृथ्वीनारायणको सहारा लिएर फेरि सत्तामा जान पाइएला भन्ने लाग्दो हो, अब राजतन्त्र फर्काउन सम्भव छैन, प्रश्रति थप्छन्, यति हो, हरेक युगको इतिहासमा निश्चित नायकको भूमिका हुन्छ । उसको भूमिका बिस्र्यौं भने उचित हुँदैन ।
(इ-कान्तिपुर अनलाइनबाट साभार)