Wed. Nov 27th, 2024

चितवनमा ‘स्क्रब टाइफस’को निःशुल्क परीक्षण सुरु

?????????????????????????????????????????????????????????

२४ भदौ, चितवन – इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट चितवनमा ‘स्क्रब टाइफस’ रोगको निःशुल्क परीक्षण सुरु भएको छ । जिल्लामा पहिलोपटक यही वर्ष स्क्रब टाइफसको सङ्क्रमण देखिएपछि चितवनको भरतपुर अस्पतालका लागि २०० वटा किट उपलब्ध भएकाले परीक्षण निःशुल्क गर्न थालिएको हो ।

चितवन मेडिकल कलेजले सुरुमा निजी रुपमा करिब रु दुई हजार ५०० लिएर रोगको परीक्षण गर्दै आएको थियो । पछि भरतपुर अस्पतालले रु एक हजारमा परीक्षण थालेको थियो ।

चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालले यसको परीक्षण गर्दै आएको छ ।

वैशाखयता जिल्लामा कुल ४७३ जना बिरामीको नमुना परीक्षणमा १८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

उनका अनुसार यही भदौ १३ देखि अहिलेसम्म २७ जना नयाँ बिरामी फेला परेका छन् । १३ गतेसम्म कुल ४०३ जनाको परीक्षणका क्रममा १६२ जनामा सङ्क्रमण भएको थियो ।

उक्त रोगका कारण यो वर्ष चितवनमा दुईजनाको ज्यान गएको छ । नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण छजनाको ज्यान गइसकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले सङ्क्रमण दरमा कमी आएको बताए ।

About The Author

अन्य समाचारहरु: