Sat. Mar 15th, 2025

झण्डै चारहजार मिटरको उचाईमा केबलकार अड्किएपछि…

kebulkar

२४ भदौ, धादिङ  – फ्रान्समा केबलकारको यात्रा गर्ने क्रममा ४५ जना यात्रु तीन हजार आठ सय मिटर उचाईमा फसेका छन् ।

केबलकारको तार बेरिएर अड्किंदा आल्प्स पहाडमा ४५ जना यात्रु केबलकारमा अलपत्र परेका हुन् । फ्रान्सका अधिकारीका अनुसार केबलकारमा एक सय १० यात्रु फसेका र त्यसमध्ये ६५ जनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । तर रात परेपछि उद्दार  कार्य रोकिएकाले ४५ जनाको उद्दार हुन सकेको छैन ।

केबलकारको तार आपसमा बेरिएकाले बिचमै रोकिएको स्थानीयसञ्चार माध्यमले जनाएका छन् । तीब्र गतिमा चलेको हावाका कारण केबलकारको तार आपसमा बेरिएको उनीहरुको भनाई छ । केबलकार कम्पनीले फसेका यात्रुहरुसँग निरन्तर सम्पर्क भइरहेको बताएका छन् ।

About The Author

अन्य समाचारहरु: