Thu. Mar 6th, 2025

संसदमा बजेटआश्रित विधेयक अघि बढाउन विकल्प खोज्दै सरकार

bicc_Sambidhansabha

२४ भदौ, काठमाडौं – संसदमा विचाराधीन चालू आर्थिक वर्ष ०७३/७४ को बजेटसँग आश्रित तीन विधेयक अघि बढाउन कानुनी जटिलता देखिएपछि सरकारले विकल्प खोज्न थालेको छ ।

संसद् नियमावली, २०७३ अनुसार संसद्ले एकपटक अस्वीकृत गरेको विधेयक सोही अधिवेशनमा पुनः प्रस्तुत गर्न पाइँदैन । बजेटसँग आश्रित तीन विधेयक चालू अधिवेशनमै अस्वीकृत भएकाले पुनः पेस गर्न सकिँदैन ।

अब सरकारसँग चालू अधिवेशनलाई अन्त्य गरी अर्को अधिवेशन बोलाउने वा नियमावलीको व्यवस्था निलम्बन गरी विधेयक पारित गर्ने विकल्प रहेको छ ।

व्यवस्थापिका–संसद् नियमावली, २०७३ अनुसार बजेटआश्रित विधेयक संसद्मा पेस गर्न केही जटिलता देखिएको छ । सरकारले नियम निलम्बन गर्न वा अन्य विकल्पका लागि राजनीतिक सहमति खोजिरहेको छ । शीर्ष राजनीतिक तहमा छलफल भइरहेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले बताए । नयाँ पत्रिका दैनिकबाट

About The Author

अन्य समाचारहरु: