Thu. Mar 6th, 2025

संविधान कार्यान्वयन मुख्य प्राथमिकता : प्रधानमन्त्री दाहाल

dahal-at-parliament
२३ भदौ, धादिङ – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन् ।

बिहीबार व्यवस्थापिका संसदमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै उनले २०७४ साल माघ ७ गतेभित्र निर्वाचन गराएरै छाड्ने बताए ।

असोज मसान्तभित्र स्थानीय तहको संख्या टुंगो लगाइसक्ने प्रतिबद्धता जनाए । आन्दोलनरत पक्षको समस्या समाधानमा आफु नेतृत्वको सरकार लागि परेकाले राष्ट्रियताको परिधिमा रहेर समाधान खोज्ने प्रयास भैरहेको प्रधानमन्त्री दाहालले बताए ।

About The Author

अन्य समाचारहरु: