Thu. Mar 6th, 2025

स्थानीय चुनाव चैतभित्र गर्न प्रमुख तीन दल सहमत

२३ भदौ, काठमाडौं–  प्रमुख तीन दल आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र चैतभित्र निर्वाचन गर्न सहमत भएका हुन ।

तीन दलले स्थानीय तह पुनर्संरचना आयोगमा तीन दिनभित्र स्थानीय प्राविधिक समितिमार्फत प्रतिवेदन पठाउन आ–आफ्ना जिल्ला कमिटीलाई निर्देशन दिने सहमतिसमेत गरेका छन । ‘तीन दिनभित्र सहमति खोजेर प्रतिवेदन पठाउन सहयोग गर्न सबैले जिल्ला कमिटीलाई निर्देशन दिइनेछ,’ एमाले स्थायी समिति सदस्य तथा स्थानीय निकाय विभागका प्रमुख किरण गुरुङले भने, ‘फागुन–चैतभित्र निर्वाचन गर्ने प्रतिबद्धतासहित अघि बढ्ने सहमति भएको छ ।’

स्थानीय तहको संख्यामा कांग्रेस लचिलो स्थानीय तहको संख्या कम्तीमा नौ सय २७ वटा इलाकालाई आधार मानेर बढाउनुपर्ने पक्षमा रहेको कांग्रेस संख्या नबढाउन लचिलो भएको छ ।

प्रमुख तीन दलको बुधबारको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरानै संरचनाका स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका थिए । तर, एमाले वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरूले पुरानो संविधानअनुसारको चुनावका लागि गरिने संविधान संशोधन अमान्य हुने अडान राखेका थिए ।नयाँ पत्रिका दैनिकबाट

About The Author

अन्य समाचारहरु: