Tue. Nov 26th, 2024

राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर ल्याउने

Dollar-001

२१ भदौ, काठमाडौँ– डलर अभाव पुरा गर्न नेपाल राष्ट्र बैंकले एक करोड डलर ल्याउने तयारी गरेको छ ।

विभिन्न वाणिज्य बैंकले दसैंसम्म डलर ल्याउने तयारी गरिरहेकोमा निजी बैंकले विदेशबाट डलर ल्याउँदा विनिमय दर फरक पर्ने भन्दै आफैं डलर ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो ।

निजी बैंकले राष्ट्र बैंक समक्ष डलर ल्याउने प्रस्ताव गरिसकेका छन ।

बजारमा देखिएको डलर अभाव पूर्ति गर्नका लागि राष्ट्र बैंक आफैंले पहल थालेको छ । यसका लागि एक सातादेखि गृहकार्य भइरहेको छ ।

बजार व्यवस्थित गर्न फरक विनिमय दर हुन नदिन र बजारमा एक रूपता ल्याउन राष्ट्र बैंक आफैंले सिंगापुरको सीआइएमबी बैंकमा रहेको मौज्दातमध्ये एक करोड डलर कार्ग्रो गरेर ल्याउन प्रक्रिया थालेको हो । अन्नपुर्णपोष्ट दैनिकबाट

About The Author

अन्य समाचारहरु: