Thu. Mar 6th, 2025

विदेशबाटै बढी पेन्सन बुझ्छन नेपाली

paisa१६ भदौ, काठमाडौं – सेवा निवृत्त कर्मचारीले सरकारबाट भन्दा विदेशबाटै बढी पेन्सन बुझ्ने गरेको पाइएको छ ।

सरकारले गत आर्थिक वर्षमा सेवा निवृत्त कर्मचारी पेन्सनका लागि ४१ अर्ब ६ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।

यो रकम बढी भयो र राज्यले थेग्न सक्दैन भन्ने बहस चलिरहेको बेलामा विदेशमा सरकारी सेवाबाट निवृत्त भएका नेपालीले वर्षमा योभन्दा बढी रकम पेन्सन आइरहेको तथ्य सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विदेशमा सरकारी सेवा गरेर निवृत्त भएका नेपालीले ४६ अर्ब ५१ करोड रुपैयाँ रकम पेन्सनवापत नेपाल भित्रायका छन् ।
यो रकम भारतीय र बेलायती सेवामा काम गरेर अवकाश पाएका नेपालीले ल्याएको रकम हो ।

राष्ट्र बैंकका अनुसार यसमध्ये ८ अर्व ९९ करोड रुपैयाँ बेलायती सेनाबाट अवकाश पाएका नेपालीले र ३७ अर्ब ५२ करोड भारतीय सेनाबाट अवकाश पाएका नेपालीले पाउँदै आएको पेन्सन रकम हो ।
विदेशबाट पेन्सनका रुपमा नेपाल आउने रकम विदेशी मुद्रामै आउँछ ।

बेलायतबाट आउने पेन्सन भने घट्दो क्रममा र भातबाट आउने बढ्दो क्रममा रहकेो छ ।
राजधानी दैनिकबाट।

About The Author

अन्य समाचारहरु: