९ भदौ, धादिङ – अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी विश्वविद्यालयमा बन्दुकधारीको आक्रमणमा १३ जनाको ज्यान गएको छ ।
ज्यान जानेमा सात जना विद्यार्थी, तीन जना प्रहरी र तीन जना सुरक्षागार्ड छन् । प्रहरीको कारबाहीमा दुई जना आक्रमणकारी पनि मारिएका छन् । बुधबार बेलुकादेखि विश्वविद्यालयमा आक्रमण सुरु भएको थियो ।
१० घण्टाको प्रयासपछि आक्रमणकारीलाई परास्त गरेर विश्वविद्यालयका विद्यार्थी तथा कर्मचारीलाई मुक्त गराएको अफगानिस्तान प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् ।