अमृता बस्नेत –
बैदेशिक राजगारका लागि २०७० सालमा दुबई पुगेका खोटाङका दुर्गा श्याम बस्नेतले एकलाख पाँच हजार तिर्नुृभएको थियो, एजेन्टलाई । दुबइ पुगेपछि मात्र थाहा भयो कि उहा फ्रि भिजामा बिदेशिनु भएको रहेछ । नेपाल आएपछि एजेन्टबाट पैसा असुल्छु, उहा भन्नुहुन्छ । उहाका अन्य सातजना साथीहरुपनि एक लाख तिरेर बिदेशिएको र बिदेशमा पुगेपछि मात्र आफु आएको भिषा फ्रि हो भन्ने थाहा भएको र ठगिएको अनुभब भएको बताउनुहुन्छ ।
त्यसतै २०६८ सालमा बहराइन पुग्नुभएका मोरङका भिम कुमार श्रेष्ठ र दुइ बर्ष अघि साउदी पुग्नुभएको नारद उप्रेतिको कथा पनि उस्तै छ । उहाहरुपनि एक लाख भन्दा बढि तिरेर बिदेश गएको र पछि बिदेश पुगेपछि मात्र आफुहरु फ्रि भिसामा आएको थाहा भएको बताउनुहुन्छ । अनि भन्नुहुन्छ यदि त्यही समयमा थाहा भएको भए त्यती धेरै पैसा तिरदैनथियौ कि ? त्यतीबेला आफ्नो पासपोर्टमा लागेको भिषा फ्रि भिषा हो भनेर थाहा हुदैनथ्यो र बढि पैसा तिरिन्थ्यो भन्नुहुन्छ, कतारमा हुनुभएको उदयपुरका दुर्गा बास्तोला पनि ।
यसबाट पुष्टि हुन्छ कि बिदेशबाट आएका धेरै भिषा फ्रि हुन्थे तर कामदारलाइ थाहा हुदैनथ्यो र ठगिमा पर्थे । अन्जानमा ठगिनु र आफु ठगिए भनेर गुनासो गर्नु स्वाभाबिक हो र त्यसता व्यक्तीले न्यायबिरुद्द लड्न पाउछन् । तर २०७२ साल असार २१ गतेबाट नेपाल सरकारले मलेसिया लगायत अन्य छ वटा खाडि मुलुक (साउदी , कतार, युएइ, कुबेत, बहराइन र ओमन)का लागि फ्रि भिषा र फ्रि टिकट को नियम लागु ग¥यो र न्युनतम लागत १० हजार मात्र तिर्नुपर्ने भन्ने सन्देश जारी ग¥यो । नेपाल टेलीभिजनका समाचारहरु मार्फत सब जनतालाइ अवगत भयो फ्रि भिषा र फ्रि टिकटको बिषयमा । तर हालसम्म पनि नेपाल सरकारले तोकिएको लागतमा बिदेशिएका मनिसहरु भेटिएका छैनन् ।
नेपालमा बैदेशिक रोजगारका लागि न्युनतम शुल्क १० हजार मात्र लाग्छ र त्यो भन्दा बढि तिर्नु भनेको ठगिमा पर्नु हो भन्ने कुराको जानकारी हुदाहुदैपनि बैदेशिक रोजगारमा जाने मानिसले न्युनतम लागत भन्दा बढि पैसा तिरेर बिदेशिरहुभएको छ र जानीजानी ठगीमा परिरहुभएको छ ।
किन धेरै पैसा तिरेको ? १० हजार मात्र तिर्नुर्पछ भन्ने थाहा थिएन भन्ने प्रश्नमा धादिङका बाल कृष्ण श्रेष्ठ भन्नुभयो “म्यानपावरले पहिल्यनै १ लाख तिर्नु पर्छ, नत्र अन्तै जानुस् भन्यो बिदेश नगइ पनि भाको छैन के गर्नु उनीहरुले भनेको लागत तिरेन भने बिदेश नै नपठाउलान् भन्ने डर राम्रो डिमानड हो रे यो केही भइहाल्छ की भनेर तिरे” । यसरी बिदेश नै नपठाइदेला वा थोरै पैसा दियो भने नराम्रो काममा पार्ला भन्ने सोचेर बढि पैसा तिरी बिदेश जाने साङकोष धादिङका दिपक श्रेष्ठ सँगै उहाका अन्य ५ जना साथि पनि हुनुहुन्थ्यो ।
बारा घर भएका सानु (नाम परिवतर्न) झाले ६५ हजार तिरेर कतार पुग्नु भयो । उहाँलाइ फ्रि भिषाको ज्ञान नभएको त होइन र म्यानपावर सँग कुरा नगरेको पनि होइन तर म्यानपावरले पैसा नतिरे भिषा रद्द गराइदिने धम्की दिएको र एयरपोर्टमा १० हजार मात्र तिरेको हो भनेर भनिनस् भने र्मादिन्छु भन्ने धम्कि समेत दिएको बताउनुहुन्छ । र भन्नुहुन्छ “भरपाइ माग्दा पनि दिन मिल्दैन भनेर दिन मानेन बरु उल्टै थर्कायो बिदेश जान मन छ कि छैन भनी” ।
दाङका जोग बहादुर राणाले पनि ६१ हजार तिरेर कतार जानुभयो । भन्नुहुन्छ बढि पैसा तिर्ने कसैलाइ रहर हुदैन म्यानपावरहरुले भनेको लागत नतिरे थर्काउने र धम्काउने गरेपछि बाध्याले तिर्नुपर्छ ।
५ महिना अघि मलेशिया जानुभएका बाशुदेव राईको तर्क भने अलि फरक छ । ३५ हजार तिरेर मलेशिया पुग्नुभएका उहा भन्नुहुनछ “१० हजार मात्र तिर्नुपर्ने जानकारी हुदाहुदै म बिदेशिए बढि पैसा तिरेर, म्यानपावरलाइ काम गर्दिएबापत कमिसन दिनुपरिहाल्यो, सित्तैमा कसले काम गर्दिन्छ र ? १० हजार त कागजपत्रहरु मिलाउन लाग्ने खर्च हो भनेर, अहिले पो थाहा भयो १० हजार त म्यानपावरको खर्च नै हुदैन रहेछ” ।
यसरी बैदेशिक रोजगारमा जानेहरु जानिजानि ठगिन बाध्य छन् बढि पैसा तिरेर । यी हुन् अहिले बिदेश जाने नेपालीहरुको पिडा ।
साझा सबाल एपिसोड ४३८ मा, श्रम तथा रोजगार मन्त्री दिपक बोहराले बैदेशिक रोजगारमा जानेले १० हजार भन्दा बढी तिरेर गएको जानकारीमा आएपनि १० हजार भन्दा बढि लिएको प्रमाणहरु नभएको कारण कारबाही गर्न नसकेको र कोही पिडित प्रमाण सहित उजुरी गर्न आएमा कारबाही हुने बताउनुभयो ।
थप भन्नुहुन्छ, जाने स्वयम ले नै १० हजार मात्र तिरेको भनेर भनेपछि र पिडित ले नै म पिडित होइन भनेपछि हामीले केहि गर्न सक्दैनौ, तपाइहरु आउनुहोस प्रमाण सहित म्यानपावरले बढि पैसा लियो भनेर हामी तुरुन्त कारबाही गर्छौ । अझ भन्नुभयो कोही पनि बैदेशिक रोजगारमा जानेले भिषा आएपछि कुनै म्यानपावरले बढि पैसाको माग गरी भिषा रद्द गर्ने, नराम्रो काममा पार्ने भनि धम्क्याउछ भने त्यो एउटा दबाब मात्र हो, म्यनपावरले त्यस्तो केही गर्न सक्दैन, निस्चिन्त भइ उजुरी गर्नुस् तपइको पैसा पनि सेभ अनि भिषा पनि ।
त्यसैगरी बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकाल ले पनि नेपालमा फ्रि भिषा र फ्रि टिकट लागु गरे पश्चात कुनै पनि म्यानपावरले बढि पैसा नलिएको किटानु गनुभयो । कारण बढि पैसा तिर्ने कोही पनि म्यानपावरले बढि पैसा लियो भनेर प्रमाण सहित उजुरी गर्नुभएको छैन । थप भन्नुभयो, कोही प्रमाणसहित म्यानपावर बिरुद्द उजुरी गर्न आए तुरुन्त कारबाही गर्छौ ।
यसरी बिदेशजाने ले नै बढि तिरेको भनि काुननी निकायहरुले कमजोरी औल्याएपछि बैदेशिक रोजगारमा जाने व्यक्तिहरुले बुझ्नु जरुरी छ की समम्याको समाधान आफैबाट खोज्न सुरु गरौ, बैदेशिक रोजगारमा जाने मानिसहरु आफै सजक बनौ । म्यानपावरले धम्क्यायो र थर्कायो भन्दैमा नर्थकऔ बरु प्रमाण जुटाउन तिर लागौ अनि अन्यायका बिरुद्द लडौ । सबै एक मिलि १० हजार भन्दा बढि लियो भने नजाने प्रतिबद्धता म्यानपावरलाइ देखाउन सकियो भने र एकमतमा अन्याएका बिरुद्द लागि प¥यौभन,े फ्रि भिषा र फ्रि टिकट व्यबहारमा लागुहुने निश्चित छ ।