Thu. Feb 27th, 2025

गोसाइकुण्ड मेलामा १० हजार भक्तजन भित्रिए

gosaikunda-1
४ भदौ, रसुवा – जनैपूर्णिमा पर्वका अवसरमा लागेको गोसाइँकुण्ड मेला सम्पन्न भएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीत डिएमका अनुसार शनिबार बिहानसम्ममा सबै यात्रु आफ्नो गन्तव्यतर्फ सकुशल फर्किसकेका छन् । यस वर्षको पर्वमा करिब १० हजार (धार्मिक पर्यटक) भक्तजन आएको अनुमान गरिएको छ ।

गोसाइँकुण्ड दर्शन गर्न आएका यात्रुमध्ये दुई हजार ७०० जनालाई लेक लाग्ने समस्या आएको र जिल्ला स्वास्थ्य कार्यालय नेपाली सेना, नारायण दलगण, हिमालय उद्धार सङ्घ र साइबाबा हस्पिटलसमेतको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

गोसाइँकुण्डमा सुरक्षा प्रदान गर्न गएका नेपाल प्रहरीका एक हवल्दार एवम् एक यात्रु भने लेक लाग्ने समस्याले जटिल बिरामी भएका कारण एम्बुलेन्सद्वारा काठमाडौँ पठाइएको र उनीहरुको उपचार काठमाडौँका अस्पतालमा भइरहेको जानकारी दिँदै जिप्रका प्रमुख फणीन्द्र प्रसाईंले आफ्नो युनिटको प्रहरी हवल्दारलाई सघन उपचार कक्षमा राखिएको जानकारी दिए ।

 

About The Author

अन्य समाचारहरु: