Fri. Mar 14th, 2025

‘सधैँ पीडितको पक्षमा हुन्छौँ ‘

रामचन्द्र भट्ट नेपाल बार एसोसियसन धादिङका अध्यक्ष हुन्  । उनलाई बार एसोसियसन धादिङको ६ औँ अधिवेशनले अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । जिल्ला अदालत आउने सेवाग्राहीलाई सहज ढंगबाट सेवा प्रदान गराउने अवको नेतुतवले कस्ता खालका नयाँ रणनितिहरु अघि सारेका छन् ती नेपाल बार एसोसियसन धादिङका अध्यक्ष रामचन्द्र भट्ट संग पाविलन्युज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी

ramchandra-bhatta

नेपाल बार एसोसियसन धादिङ इकाइबाट अन्यायमा परेका नागरीकहरुले न्याय पाउनको लागि के सहयोग पाउन सक्छन् ?
 – धादिङ बार एसोसियसन धादिङबाट अन्यायमा परेका महिलाहरुले निवेदन लेख्ने, जायरी लेख्ने, मुद्दा लेख्ने सबै प्रकारको कामहरुमा यहाँ बाट सहयोग पाउनुहुन्छ । र अन्यायमा परेका महिलाहरुलाई विशेष त हामीभित्र एउटा समिती पनि छ, त्यो मार्फत अथवा हामी व्यक्तिगत रुपमा नै पनि त्यस्ता महिलाहरुको लाग काम गर्छाैं ।

तपाईं भर्खरै मात्र अध्यक्ष पदमा निर्वाचित हुनुभयो, कस्तो लागिरहेको छ ? आगामि कार्य योजना के छ तपाईको ?
अब एउटा संस्थाको अध्यक्ष हुदाँखेरी जिम्मेवारी अवश्य हुन्छ । खुसी पनि धेरै लाग्दो रहेछ, हाम्रो एऊटा लक्ष्य हुन्छ त्यो संस्थाको शिर स्थानमा पुग्ने । सोहि अनरुप काम गर्नेछौं र गरिरहेका पनि छौं ।  रेगुलर हुने कामहरु सबै गर्नु परिहाल्यो । अर्को काम भनेको चाँहिे जिल्ला स्तरका फोरमहरुमा हाम्रो उपस्थिती अलि बढी गराउन, अनि अदालत अर्धन्यायिक निकायहरुसँग समन्वय गरेर जनताहरुले. कसरी छिटो र सुलभ तरिकाले न्याय पाउनु हन्छ त्यसको लागि हामी अगाडि बढेर काम गर्छौँ ।

जिल्ला अदालतमा चाँहि विशेष त कस्ता मुद्दाहरु आउने गर्छन्?
हाम्रो जिल्लामा लामो राजमार्ग भएको कारणले यहाँ सवारी ज्यानका केशहरु  धेरै नै आउँछन् । त्यस्तै अन्य महिलासँग सम्वन्धित मुद्दाहरु, लैङगीक हिंसामा परेका महिलाहरुको मुद्दाहरु पनि धेरै आउँछ, जस्तो घरेलु हिंसा भो, सम्वन्ध विच्छेद, लैङगिक हिंसा र पारिवारीक बेमेल लगायतका मुद्दाहरुको सङ्ख्या धादिङमा बढी छ ।

ति मुद्दाहरुको किनारा कसरी लगाउने गरेको पाउनुभएको छ ?
अब मुद्दाको किनारा दुई तरीकाले लाग्छ । एउटा चाँहि पिडित पक्ष आएर मुद्दा दिनुहुन्छ, पिडक पक्षहरु आएर केहि क्षतिपूर्ति दिएर अथवा केहि मिलापत्र दिएर जानुहुन्छ र अर्को चाँहि फैसलाबाट हुने गर्छ ।

नागरिकहरु अन्यायमा परेर न्याय माग्न अदालतमा आउने गर्छन् र मुद्धा दायर गरेको धेरै समय सम्म पनि मुद्दा फैसला हुन नसक्नुको कारण चाँहि के होला ?
अहिले त्यत्ति धेरै समय लाग्ने भन्ने छैन । अहिले छ महिना देखि तलतिरै कतिपय मुद्दाहरु फैसला हुन्छन् । र अशं जोडिएको मुद्दाहरुको चाहिं पैक्रिया अलिकति लेन्दी भएको कारणले. ८÷१० महिना लाग्छ । नत्र अहिले त एक वर्षभित्रमा मुद्दा फैसला गर्नु पर्छ भन्ने सर्वोच्चको लक्ष्य पनि छ । अहिले हाम्रो यहाँ त्यस्ता पुराना मुद्दाहरु पनि छैनन् र अब अहिले छिटो हुन्छ सबै मुद्दाहरु ।

अदालतबाट मुद्धाको फैसला हुँदा प्राथामिकीकरणको आधारमा फैशला हुने गर्छन् होला नि ?  
– हजुर, प्राथामिकताको आधारमा हुन्छ । जस्तो खान–लाउन पाइन भनेर तत्काल आएका मुद्दाहरु र त्यसपछि सानो बच्चा जन्मियो न्वारण गराई पाउँभन्ने, नाता कायम गराई पाउँ भन्ने यस्ता मुद्दाहरु हामीले प्राथामिकताको आधारमा गर्छौं । छिटो–छिटो पेश्की राख्ने यसको म्याद तामेल गर्ने यसको म्याद पनि छोटो हुन्छ । त्यो हिसाबले चाँहि प्राथामिकताको आधारमा हुन्छ अनि वृद्ध वृद्धा मान्छेका मुद्दाहरुलाई चाँहि विशेष प्राथामिकताका साथ हेरिन्छ अनि महिला हिंसामा परेका मुद्दाहरु पनि ।
एउटैै वकिलले वादि र प्रतिवादि दुवै पक्षको मुद्धाको बहस गर्न पाउँछ कि पाउँदैन ?
पाउँदैन त्यो त हाम्रो आचारसंहितामा हुन्छ ।

कतिपय वकिलहरुले न्यायका लागि ढोका ढक्ढकाउन आएका नागरिकहरुलाई अनावश्यक झन्झट दिने, बढि रकम असुल्ने गरेका गुनाशाहरु  सुनिन्छन् नि ?
  अब त्यस्तो उजुरी त हामी कहाँ आएको छैन । त्यस्तो आयो भने के हो कस्तो हो छलफल गरेर समाधान गर्न सक्छौं ।  यहाँ अन्यायमा नै परेका मान्छेहरुलाई त पैसा नै नलिईकन लेख्ने व्यवश्था पनि छ । पेसा व्यवसाय हो पैसा त लिन्छन्, लिन नि पर्छ । तर उचित तरिकाले लिनुपर्छ ।

गरिब तथा निमुखा नागरिक अन्यायमा परेर अदालतमा आए, उनिहरु संग मुद्धा दायर गर्न वकिल राख्ने रकम पनि छैन भने त्यस्ता नागरिकहरुलाई बार इकाइ धादिङले कस्तो सहयोग उपलब्ध गराउँछ ?
 –    त्यसको लागि हामी छौ । हामी बारकै तर्फबाट पनि हेर्नसक्छौ, अर्को हाम्रो बारभित्रै जिल्ला तालिम सहायता समिती छ । प्रक्रिया पु¥याएर उहाँहरुले त्यस समितीको मापदण्ड अनुसारको डकुमेन्ट ल्याउनु भयो भने हामी समितीबाटै हेरीदिन्छौँ । त्यस्ता मुद्दाहरु बारबाट पनि हेर्न सकिन्छ, हामिले सहयोग गरिरहेका पनि छौं ।

अहिलेसम्म त्यस्ता घटनाहरु आएका छन् ?
  –    आएका छन् ।  धेरै छन् । हाम्रो समितीमा अहिले पनि १४÷१५्र वटा मुद्दा छ रनिङमा छ । कतिपय चाँहि नेपाल बार एसोसियसनले पनि धादिङ बारलाई अथवा अन्य जिल्लाबाट पनि त्यस्तो सिफारीस गरेर पठाईदिनु हुन्छ । यो चाँहि असहाय छ, वकिल खटाउन नसक्ने छ, यसलाई चाँहि निशुल्क गरिदिनु होला भनेर पठाएका मुद्दाहरु हामी हेछौं ।  नेपाल बार एसोसियसन धादिङका पनि निकायहरु छन्, जस्तो महिला विकासहरु, कतिपय गाविसहरुले पनि त्यस्तो सिफारिसहरु पठाउनुहुन्छ । त्यस्ता मान्छेहरुको केश हामि निशुल्क रुपमा हेरिदिन्छौं ।

अन्तमा के भन्न चाहनु हुन्छ ?
अन्तमा के भन्न चाहन्छु भने जो मान्छे मुद्दा गराउन आउँछ, हरेक मान्छेले यहाँ आउंदा चाँही आफ्नो मुद्दा गर्ने क्षमतासँग आफुले फि तिरेर मुद्दा गर्न सकिन्छ भने सिधै कानुन व्यवसायकोमा आउँनुहोला अन्य बीचका मान्छेहरु लिएर आउँदा उहाँहरुलाई अनावश्यक झन्झट, बढी खर्च, यताउता हुन्छ भने धादिङबेशीमा कम्तीमा ८/९ जना वकिलको फर्म छ त्यो फर्म मार्फत आउँनुहोस । यदि तपाईहरु त्यो सक्नुहुन्न भने हामीसँग जिल्ला कानुन सहायता समिती छ, नेपाल तपाईंहरुलाई सहयोग गर्न । त्यसरी आउँनुहोस् भन्न चाहन्छु । धन्यावाद ।

About The Author

अन्य समाचारहरु: