Thu. Mar 6th, 2025

नेदरल्याण्ड्समाथि नेपालको महत्वपूर्ण जित

 cricket-nepal३२ साउन, काठमाडौं – पारस खड्काको कप्तानी पारीको मदतमा नेपालले  विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल््याण्ड्समाथि १९ रनको महत्वपूर्ण जित हात पारेको छ ।

पहिलो खलमा ७ विकेटको हार व्यहोरेको नेपालको यो जितसँगै शीर्ष चारमा पर्ने सम्भावना कायमै छ । नेदरल््याण्ड्सको भने ८ खेलमा यो पहिलो हार हो

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पारसको ८४ रनको मदतमा २१७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको घरेलु टाली अन्तिम ९ बल खल्नु अघि नै १९८ रनमा अलआउट भयो ।

अन्तिम दुई ओभरमा उसलाई २३ रन चाहिएको थियो । तर, दोस्रो बलमा सोमपालले  विकेट लिए । तेस्रो बलमा मलिक रन आउट भएपछि नेपालले १९ रनको जित हात पारेको छ ।

खराब सुरुवात गरेको उसले आठौं ओभरमा मात्र २१ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । रे भान डेरले ५६ रन बनाए भने गुर्जितर्सले ४४ र ओडाउडले ३५ रन जोडे । यस्तै टी भान डेरले ३६ रन जोडे ।

नेपालको पनि सुरूवात राम्रो थिएन । ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरे ।

कप्तान खड्का ८४ रनमा आउट भए । पुनले ४५ रन जोडे ।उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।

About The Author

अन्य समाचारहरु: