Wed. Mar 5th, 2025

पेट्रोल भण्डारण विस्तारको ठेक्का भारतीय कम्पनीलाई

pump ३२ साउन, काठमाडौं – नेपाल आयल निगमले थानकोट डिपोमा पेट्रोलको भण्डार क्षता विस्तार गर्ने जिम्मेवारी भारतीय कम्पनी ट्यांकटेक एसिया कम्पनी चेन्नईलाई दिएको छ ।

  ट्यांकटेकले २ सय किलोलिटर क्षताको ट्यांकी निर्माणको ठेक्का पाएको छ । भण्डारण क्षता विस्तारसँगै थानकोटमा ६ हजार किलोलिटरसम्म पेट्रोल मौजाद राख्न सकिने छ ।

हाल पेट्रोल भण्डारण क्षमता १ हजार ८ सय किलोलिटर मात्र छ ।

निगमा इन्जिनियरिङ विभाग प्रमुख वीरेन्द्र गोइतले टेन्डर आहृवान गर्दा ट्यांकटेक एसिया कम्पनी चेन्ईको मात्र आवेदन परेकाले सोही कम्पनीलाई छनोट गरिएको जानकारी दिए ।

मुलुकमा पेट्रलियम भण्डारण क्षमता कम हुँदा प्रायः अभावको अवस्था सिर्जना हुनेगरेको छ । कारोबार दैनिकबाट

About The Author

अन्य समाचारहरु: