Thu. Mar 6th, 2025

थापाले माफी माग्नुपर्ने राणाको सर्त

 २८ साउन, काठमाडौं – राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले पार्टी एकीकरण भाँडिनुमा आफू र आफ्नो दलका नेतामाथि लागएको आरोपको खण्डन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले माफी माग्नुपर्ने बताएका छन ।

राप्रपा नेपालका अध्यक्ष राणाले अदृश्य शक्तिको बलमा राणाले पार्टी एकीकरण भाँडेको आरोप लगाएका थिए ।

अन्तरिक विधानले पूर्णता नापाई, राष्ट्रिय अध्यक्षको भूमिका केकति हुने भन्ने कुराको टुंगो नलागी एकीकरण हुन सक्दैनथ्यो राणाले बिहीबार भने, ‘आत्मसम्मानलाई बन्धक राखेर राप्रपा नेपालसँग निरीह भएर शरण माग्न जानु एकता हुन सक्दैनथ्यो ।’

राप्रपा र राप्रपा नेपालबीच एकतासभाको घोषणा भएकै दिन राप्रपाले सरकारमा हतारहतार मन्त्री पठाएर एकता भाँडेको थापाको आरोप छ । तर राणाले उक्त आरोपको खण्डन गर्दै थापाले एकता भाँडेको आरोप लगाए । अन्नपूर्ण पोष्ट दैनिकबाट

About The Author

अन्य समाचारहरु: