Fri. Jan 31st, 2025

प्रेमलाई शब्दले परिभाषित गर्न सकिँदैन तर एक पटक पढेर हेरौँ

prem२७ साउन काठमाण्डौ– प्रेम शव्द सुन्दानै निकै आनन्द लाग्छ । प्रेम सबैमा हुनु आवश्यकता छ । सायद प्रेम नहँुदो हो भने यो दुनिया कस्तो हुन्थ्यो होला । प्रेमका बिषयमा धेरैले किताव लेखेका छन्, कविता,गजल अनि यस्तै यस्तै लेखेका छन् । खास प्रेम भनेको चाँही के हो त ?्र आज हामिले केहि तथ्यहरु राखेको छौँ । जुन निम्न प्रकारका रहेका छन् ।

१ प्रेम एउटा भावना हो जसलाई महसुस गर्न सकिन्छ तर परिभाषित गर्न सकिँदैन ।

२प्रेमलाई शब्दले परिभाषित गर्न सकिँदैन । यसलाई महसुस मात्र गर्न सकिन्छ तर प्रेम यति शक्तिशाली हुन्छ कि प्रेममा हरेक कुरा सम्भव हुन्छ ।

३ प्रेम निस्सर्त हुन्छ र हुनुपर्छ, जस्तो आमाले आफ्नो शिशुलाई गर्छिन र शिशुले आफ्नी आमालाई ।

४ प्रेम आफ्नो भावना पोख्ने माध्यमसँगै आफ्नो आवश्यकता प्राप्त गर्ने अवसर हो ।

५दुस्ख, पीडा र रोदनको साथी भनेकै प्रेम हो । पल–पलको पीडा बिर्साउने मल्हम हो— प्रेम ।

६ प्रेम सुन्दर र निश्चल हुन्छ जहाँ हरेक दुस्ख पीडा विलीन हुन्छ ।

७ खुसी र अमूल्य जीवनको प्रतिविम्ब हो— प्रेम । अरूमा हाँसो छर्ने अनि आनन्द महसुस गराउने अचुक औषधि हो— प्रेम ।

८  दुःख र सुखको मिलन हो प्रेम, जहाँ जीवन लुकेको हुन्छ । प्रेमबिना जीवन अधुरो हुन्छ ।

९  प्रेम एक–अर्कामा निहित रहने भावना हो जुन स्वार्थी पनि हुन्छ ।

१०  प्रेम पूर्ण छैन तर यो हरेक असम्भव कामको एकमात्र विकल्प हो ।

११ सफलता र असफलताबीचको खाडललाई मस्तिष्कले होइन, मनले मेट्न सकिन्छ ।

१२ प्रेम चलायमान हुन्छ । समय र परिस्थितिअनुसार हावाको बेगझैं चल्ने यो भावनारूपी प्रेम अविरल छ
कान्तिपुरको साप्ताहीकबाट साभार गरीएको ।

About The Author

अन्य समाचारहरु: