Tue. Nov 26th, 2024

धादिङका ९ गाविसमा स्वास्थ्य चौकीको भवन निर्माण

dhading-map_213888077-300x240२६ साउन,  धादिङ – स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरु अहोरात्र खटेर भएपनि सर्वसाधरणलाई सेवा दिनुपर्ने स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक एवंम नीति, योजना  तथा अन्तराष्ट्रिय सहयोग महाशाखा प्रमुख महेन्द्र प्रसाद श्रेष्ठले बताएका छन् ।

धादिङको थाक्रे गाविसमा रहेको महादेववेशीं स्वास्थ्य चौकीको नव निर्मत भवनको बुधबार उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उनले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा काम गर्ने कर्मचारीहरुले लापरवाही गर्छ भने त्यस्ता कर्मचारीहरुलाई तुरुन्त निलम्बन गर्न निर्देशन समेत दिए । ३१ ओटा जिल्लामा ११ सय ओटा स्वास्थ्य संस्थाका भवनहरुमा क्षती पुगेकाले एक महिनादेखि नै टेन्टमा स्वास्थ्य सेवा संञ्चालन गरिएको श्रेष्ठले जानकारी गराए ।

विपतमा पनि धैर्यता र उच्च मनोवलका साथमा स्वास्थ्य सेवा पु¥याएको प्रति सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई उनले धन्यावाद दिए । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नारायण रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको भवन उद्घाटन एवंम् हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक एवंम नीति, योजना तथा अन्तराष्ट्रिय सहयोग महाशाखा प्रमुख महेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदीको विशेष आतिथ्य रहेको थियो । जर्मन सरकार जीआईजेटको आर्थिक सहयोग र वनहार्ट वल्ड वाइड नेपालकोे निर्माण सामग्री सहयोगमा भवन कार्य निर्माण सम्पन्न भएको हो ।

जिल्लाका जोगीमारा, नौविसे, जिवनपुर, खाल्टे, किरान्चोक, सुनौलाबजार, सल्यान्कोट र मुलपानी गरि निर्माण सम्पन्न ८ ओटा स्वास्थ्य चौकी पनि बुधबार  हस्तान्तरण गरिएको छ । निर्माण सम्पन्न भएको सबै स्वास्थ्य चौकी भवनको बुधबार जीआईजेट जर्मन सरकारका प्रमुख ज्याक्लीन ग्रोथले स्वास्थ्यचौकी व्यवस्थापन समितिका स्वास्थ्य चौकी ईन्चार्जहरुलाई ताला चावि सहित हस्तान्तरण गरे । आरती एण्ड कम्पनीले २०१६ मार्च ७ बाट स्वास्थ्य चौकी निर्माण कार्य सुरु गरेको थियोे ।

१ सय ६० दिनमा निर्माण सम्पन्न गर्नुपर्ने योजना रहे पनि नाका बन्दी, स्वास्थ्य मन्त्रालय सँगको सम्झौतामा ढिलाई लगायत विभिन्न कारणले गर्दा निर्माण कार्यमा ढिलाई हुन पुगेको जीआईजेट धादिङका जिल्ला संयोजक लेखामणी ढकालले जानकारी गराए । ४१ लाख २९ हजार ९ सय ३० रुपैयाँ ५५ पैसामा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनमा ११ ओटा सुविधा सम्पन्न कोठा र शौचालय रहेका छन् ।

८९ दशमलव २७ स्क्वायर मिटरमा बनेको स्वास्थ्य चौकीलाई किलाकाटी नठोक्न तथा सरसफाई र संरक्षणमा विशेष ध्यान दिनुपर्ने ढकालले आग्रह गरे । यसैगरि स्वास्थ्यचौकी उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक जिवनकुमार मल्लले विपदको बेलामा स्वास्थ्यचौकी भवन निर्माणमा सहयोग गर्ने संघसंस्थालाई धन्यवाद दिए ।

About The Author

अन्य समाचारहरु: