Thu. Mar 6th, 2025

मन्त्रिपरिषद् विस्तार : साना दलका तर्फबाट तीन मन्त्री थपिए

sana-dal
२४ साउन, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना र नेकपा संयुक्तका एक जनालाई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

यसक्रममा राप्रपाबाट दीपक बोहोरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तबाट जयदेव जोशी मन्त्री बनेका छन् ।

तीनै जनाको मन्त्रालय तोकिएको छैन ।राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच पार्टी एकीकरणको प्रयास भइरहेको बेला सरकारमा जाने नजाने विषयमा तीव्र मतभेद भए पनि राप्रपाले आफ्नो तर्फबाट मन्त्री पठाएको हो।

About The Author

अन्य समाचारहरु: