Thu. Mar 6th, 2025

माओवादी केन्द्रमा पाँच मन्त्री छान्न महाभारत

२४ साउन,   काठमाडौं  – नेकपा माओवादी भित्र पाँच मन्त्री छान्न मारामारको स्थिति उब्जीएको छ । माओवादीले आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये तीन मन्त्रालय टुंग्याइसकेको छ । जसमा उपप्रधान तथा अर्थमा महरा, खेलकुद तथा युवामा दलजीत श्रीपाइली र कृषिमा गौरीशंकर चौधरीलाई पठाइसकेको छ । अन्य मन्त्री छान्न भने महाभारतको स्थिति पैदा भएको छ ।

कार्यदक्षता र कार्यकुशलभन्दा पनि नेताहरुलाई चाकडी गर्न कुशल भएमा मन्त्री पद पाइने स्थिति बनेपछि माओवादीभित्र चाकडीवाद हावी भएको बताइन्छ ।

अर्थमन्त्रालयमा जनार्दन शर्मा र गिरिराजमणि पोखरेलले समेत जान रुचाएका थिए । तर, प्रचण्डले नेताहरुलाई पेलेरै कृष्णबहादुर महरालाई अर्थमन्त्री बनाएपछि शर्माले तिम्रो मन्त्रालय तिमारु नै बनाओ भन्दै २०७३ साउन २० गते मन्त्री छान्ने अन्तिम बैठकबाट झोक्किएर निस्किएको बताइन्छ ।
मन्त्रीको नाम टुंग्याउन बाँकी मन्त्रालयहरु स्थानीय, ऊर्जा, सूचना तथा सञ्चार, कानून र शिक्षा मन्त्री कसलाई भन्ने बिषयमा भने माओवादी भित्र चरम विवाद बढेको छ ।

पाँच मन्त्रालयका लागि दर्जन बढीले अति नै रुचि देखाएको र मिलाउन हम्मेहम्मे परेको बताइन्छ । अब मन्त्री हुने सम्भावित पात्रहरुमा गिरिराजमणि पोखेरल, जनार्दन शर्मा, राम कार्की, प्रभु शाह, डीआर पौडल, रामनारायण बिडारी, रेखा शर्मा, सीता नेपालीलगायत रहेका छन ।

समावेशीका हिसाबले पनि महिला एकजना बनाउनै पर्ने हुँदा रेखा र सीतामध्ये एकको सम्भावना छ । सञ्चारमा जनार्दन, काकी वा प्रभु मध्ये एक जना हुनेछन । तर, तीनैजनाले स्थानीय विकास मन्त्रालय ताकेर बसेका छन। माओवादीभित्र यो पटक पनि आफू मन्त्री नभए आत्महत्या गर्छु भन्ने बराबरको स्थिति रहेको एक नेता सुनाउँछन । साँघु साप्ताहिकबाट।

About The Author

अन्य समाचारहरु: