२१ असार, धादिङ – धादिङ जिल्लामा दुईवटा सहरकारी खारेजीमा परेका छन् । निष्कृय रहेका सहकारीलाई डिभिजन सहकारी कार्यलय धादिङले खारेजी गरेको हो ।
कार्यलयका अनुसार थाक्रे – २ मा रहेको महेशमती दुध उत्पादक सहकारी संस्था लि. र मुलपानी – ९ मा रहेको रातामाटा कृषि सहकारी संस्था लिलाई खारेज गरिएको हो ।
नियमानुसार काम नगरेको, निष्क्रिय रहेको, लेखा परीक्षण, साधारणसभा नगरेको मासिक प्रगति नबुझाएको संस्थालाई सहकारी ऐन २०४८ को दफा ४१ वमोजिम दर्ता खारेज गरिएको हो ।
दर्ता खारेजमा परेका संस्थासंग कसैको लिनुदिनु पर्ने भए ३ महिना भित्र स–प्रमाण कार्यलयमा दावी गर्न आउन र म्याद नाघी परेको दाबी उपर कुनै कारबाही नहुने समेत कार्यलयले जनाएको छ ।
डिभिजन सहकारी कार्यलय धादिङका अनुसार आर्थिक यस आर्थिक वर्षको असार मसान्तसम्म ४ सय २५ वटा सहकारीहरु दर्ता भएका छन् ।
जसमा दुग्ध उत्पादक सहकारी संस्थाहरु १७, कृषि सहकारी संस्थाहरु २ सय २७, बहुउद्धेश्यीय सहकारी संस्थाहरु ३८, बचत तथा ऋण सहकारी संस्थाहरु ८९, तरकारी तथा फलफुल सहकारी संस्थाहरु १९, सामाजिक उद्यमी सहकारी संस्था ४, उपभोक्ता सहकारी १, बिद्युत सहकारी ६, चिया कफी उत्पादक सहकारी १, जडीबुटी सहकारी ५, यातयात सहकारी १, स्वास्थ्य सहकारी ३, शिक्षा सहकारी १, संचार सहकारी ५,च्याउ सहकारी १, धातू सहकारी १ गरी जम्मा ४ सय १९ वटा सहकारी संस्थाहरु रहेका छन् ।
त्यस्तै जिल्ला सहकारी संघ १, साना किसान कृषि सहकारी संघ १, बचत तथा ऋण सहकारी संघ १, तरकारी फलफूल १, दुग्घ उत्पादक संघ १, बहुउद्देश्यीय १ गरी ६ वटा सहकारी संघ दर्ता भएको डिभिजन सहकारी कार्यालय धादिङका सहकारी निरिक्षक महेश्वर ढकालले जानकारी दिए ।