Tue. Mar 4th, 2025

यसरी परामर्श गरौँ

ramkumar-thapaरामकुमार थापा,  धादिङ – बैदेशिक रोजगारमा गएका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का रामशरण काप्री मलेसियाबाट फर्केपछि  मानसिक रोगी भए । घरका एक्ला छोरा रामशरण सानै उमेरमा मलेसिया गएर फर्केपछि उनले मानसिक असन्तुलन गुमाए । खुकुरी बोकेर आमालाई काट्छु भन्ने, अरुले नदेख्ने अदृश्य चीजहरु देख्ने, हाँस्ने, रुने र एक्लै रातीपनि हिड्ने जस्ता समस्या देखियो । यता नगरपालिकाकै मनकुमारी नाम परिवर्तनमा पनि मनोसामाजिक समस्या देखियो ।

श्रीमानले पैसा नपठाउने र फोनमा कुरा पनि नगर्नाले उनमा मनोसामाजिक समस्या देखा प¥यो । साहुको ऋण कसरी तिर्ने, बच्चालाई कसरी लालन–पालन गर्ने र घरकै देवर देउरानीले विभिन्न लाञ्छना लगाएको कारण उनलाई नरमाईलो लाग्ने, मन उदास हुने, खुसि हुन मन नलाग्ने, स्मरण शक्तिनै नभएको जस्तो हुने, मन आत्तिने, खान मन नलाग्ने, निन्द्रा नपर्ने, शरिरमा आलस्य लाग्ने, आत्मविश्वासीमा कमी लगायतका लक्षण देखियो र उनी विस्तारै दुब्लाउदै गइन् ।

नगरपालिकै बीरमान नाम परिवर्तन पनि बैदेशिक रोजगारको लागि कुवेत गए तर भनेको जस्तो काम पनि भएन र पैसा पनि भएन । आफु विदेश जादा लागेको ऋण तिर्नपनि उनलाई धेरै समय कुर्नुप¥यो । ३ बर्ष बैदेशिक रोजगारबाट फर्कदा आफुले सँगै ल्याएको १ लाख ५० हजार बराबरको सामान नै हरायो । घरमा रहेकी श्रीमती विरामी भईरहनाले अब कसरी बच्चाहरुको लालन पालन गर्ने, उपचारको लागि पैसा कसरी जुटाउने भन्ने चिन्ताले गर्दा उनमा पनि मनोसामाजिक समस्या देखिन थाल्यो ।

यसैगरी दान बहादुर नाम परिवर्तन पनि ५ बर्ष मलेसियामा बेपत्ता भएर घर फर्किए । उनमा पनि नेपाल फर्केपछी खान मन नलाग्ने, मुख सुक्ने, निन्द्रा नलाग्ने, बोल्न मन नगर्ने, एक्लै बस्ने, काम गर्ने जागर नचल्ने जस्ता मनोसामाजिक समस्या देखिन थाल्यो । माथि उल्लेखित व्य्क्तिहरु त प्रतिनिधि पात्र मात्र हुन । यस्तो समस्या अहिले प्रत्येक नेपालीको घरभित्रै रहेको छ । बैदेशिक रोजगारको कारण जति युवा युवती विदेशिएका छन् । त्यति नै समस्याहरु बढी हुने गरेका छन् ।

किन देखिन्छ मनोसामाजिक समस्या बैदेशिक रोजगार भन्ने वित्तिकै राम्रो पैसा कमाउने स्थानको रुपमा विकसित भएको पाईन्छ । वैदेशिक रोजगार सम्बन्धी कुनै पनि प्रक्रिया नपु¥याईकन वैदेशिक रोजगारमा जाँदा उनीहरुलाई धेरै समस्या हुन गरेको पाईन्छ । यसैगरी विदेश जाने धेरैले अरुबाट सुनेकै भरमा राम्रो काम अनि धेरै कमाउने सपना बुनेर गएका हुन्छन् । जति नेपालमै हुँदा विदेश सम्बन्धी सपना बुनेका हुन्छन तर विदेश गएपछि ती सपना चकनाचुर हुन्छ ।

अनि स्वयम कामदार तथा परिवारका सदस्यहरुलाई मनोसामाजिक समस्याले सताउँछ । विदेश गएकाहरु रोगी भएर फर्किएपछि उनीहरुको चिन्ताले परिवारका सदस्य पनि मनको रोगी भएका छन् । परिवारको सदस्य वैदेशिक रोजगारमा गएपछि घरका परिवारमा पनि धेरै समस्याहरु आईपर्छन् । पारिवारीक तथा कामको बोझ, बाल बालिकाको हेरचाह तथा उनीहरुलाई समय दिन नसक्नु, दैनिक घर व्यवहार चलाउनको लागी पैसाको जोह गर्न नसक्नु, समाजका व्यक्तिहरुले हेप्ने, सामाजिक तथा धार्मिक कार्यमा सहभागी नगराउने, तथा विदेश गएकाको  पनि  कमाई राम्रो नहुनु, काम राम्रो नहुनु र परिवारको सम्पर्कमा नआउदा खेरी यता नेपालमा रहेका परिवारलाई मनोसामाजिक समस्या देखा पर्छ ।

धादिङको परीवेदशमा हेर्ने हो भने काम र तलबमा फरक पर्नु, एजेन्टबाट ठगीनु, परिवारको सम्पर्कमा नहरनु, फोन सम्पर्क गर्दा घरका परिवारलाई शंका गर्ने, जस्ता क्रियाकलापले गर्दा परिवारका सदस्यहरुलाई मनोसामाजिक समस्या देखा परेको पाईन्छ । विदेशीने व्यक्ति प्रति परिवारका सदस्यहरु परनिर्भर भई बढी अपेक्षा राख्नु, मुख्य सदस्य विदेशिएपछि बढेका भुमिका व्यवस्थापन गर्न नसक्नु र विदेश गएकाहरु उतै बेपत्ता हुनुले थप मनोसामाजिक समस्या बढाएको छ ।  यसरी मनोसामाजिक समस्या देखिदा व्यक्तिले ती किसिमको प्रतिकृया देखाउछन् ।

पहिलो प्रतिकृया मनसँग सम्बन्धित हुन्छ । एक्लोपनको महशुस गर्ने तथा एक्लै बस्न मन पराउने, काम गर्न मन नलाग्ने, अर्थात जाँगर नचल्ने, एकै ठाँउमा मन स्थिर रहने, एक्कासी तथा चाँडै रिस उठ्ने, ध्यान केन्द्रित गर्न नसक्ने, के गर्ने भनेर निर्णय गर्न नसक्ने अर्थात मन दोधारमा रहने, मनामा नरमाइलो लाग्ने र त्यस्तै किसीमको भावना विकसित हुने, आफुलाई अभागी ठान्ने र आफु मरेमा बेस हुने कुरा मनमा आई रहने हुन्छ ।

दोस्रो प्रतिक्रिया शरीरसँग सम्बन्धीत रहने गर्दछ । जस्तो कि भोग नलाग्ने, अर्थात खाना खान मन नलाग्ने, निन्द्रा नलाग्ने, शरीर दुख्ने, हिड्दा बस्दा रिँगटा लाग्ने, शरीर दुब्लाउदै जाने, शरीरको तौल घट्ने आदि ।

तेस्रो प्रतिकृया समाजसँग सम्बन्धीत हुन्छ । यसमा व्यक्तिले एक्लै बसेर सोची रहने, खोलेर कुराकानी नगर्ने, आफन्त तथा साथीभाईसँग टाढिन खोज्ने, कुरा गर्दा पनि झर्किने, साथिसँग घुमफिर गर्न रुचि नदेखाउने, आफुलाई सहयोग गर्ने व्यक्ति कोहि पनि  नदेख्ने, प्राय एकान्तामा बस्नको लागी मन पराउने आदि हुने गर्छ ।

paramarsa

परामर्शले फेरिन्छ मनोसामाजिक समस्यामा परेका व्यक्तिको अवस्था
मनोसामाजिक समस्यामा परेका व्यक्तिको अवस्था मनोसामाजिक परामर्शले ठिक हुन्छ । रामशरण काप्री सहित धादिङका ६ जना भन्दा बढीको अवस्था मनोसामाजिक परामर्शकै कारण समस्या  न्युनीकरण भएको छ । धादिङमा जनवरीबाट मनोसामाजिक समस्यामा परेकाहरुको समस्या कम भएको छ  घरमा गएर गरिने मनोपरार्शले  ।

यस्तो हुन्छ परामर्शको विधि
मनको पीडा तथा दुख लाइ व्यक्त गर्न समय दिएर ती पीडाले जीवनमा पारेको असरलाई केलाएर हेर्न तथा सोच्न मद्धत मिल्ने खालका प्रश्नहरुमार्फत छलफल गरिन्छ । मनको पीर चिन्ता तथा डरलाई कम गराउनको लागी श्वासप्रश्वासको सामान्य योग विधिको अभ्यास गराईन्छ । यस्तै समयमा खाना खाने, पानी पर्याप्त मात्रामा पिउने र मसयमै सुन्त प्रेरित गरिन्छ । छलफल तथा कुराकानीमार्फत मनमा भएका नकारात्मक सोच हटाएर सकारात्मक सोचको विकास गरिन्छ । सकारात्मक सोच विकास गर्न कुनै पनि कुराको सकारात्मक कुराको चर्चा धेरै गरिन्छ । मनमा आउने नकारात्मक सोचाईलाई केलाएर यस्तो सोचाईले जीवनमा पारेको असरलाई बुझ्न प्रेरित गरिन्छ ।

उनीहरुमा भएको सकारात्मक पक्ष, सहयोगी स्रोतहरु हेर्न तथा त्यसले जीवनमा कसरी सहज पारेको छ, यदि त्यो नभएको भए अहिले के हुने थियो र कसरी सहन सकिन्थ्यो भन्ने कुरा पीडितलाई सोच्न तथा कल्पना गर्न लगाईन्छ । उनीहरुलाई परेको जस्तै समस्यामा रहेका अरु व्यक्तिहरु अवस्था कस्तो थियो र उनीहरुले त्यसबाट कसरी छुटकारा पाए भन्ने उदाहरण प्रस्तुत गरिन्छ ।

गम्भीर मनोसामाजिक समस्यामा परर आत्महत्या गर्ने प्रयास गरेकाहरुलाई भने आत्महत्यापछि परिवारका सदस्यमा पर्ने असरबारे कल्पना गर्न लगाईन्छ र त्यसबेला परिवारको सदस्यहरुलाई सहयोग गर्न सकिन्छ कि सकिदैन होला, सहयोग गर्न नसक्दा आफुलाई कस्तो महशुस हुन्छ होला जस्ता पछिका कुराहरु सोच्न मिल्ने प्रश्नमार्फत छलफल गरीन्छ । नियमित औषधी खान लगाएर तथा मानसिक रोग उपचारपछि निको हुन्छ भन्ने भावना परिवारका सदस्यहरुलाई बुझाउन र मानसिक रोग समस्या न्युनिकरण गरिन्छ ।

प्रकाशित मिति  : २०७३ साउन २१ गते

About The Author

अन्य समाचारहरु: