२१ साउन, काठमाडौं – गृहमन्त्री नपाएपछि नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले मन्त्री बन्न अस्वीकार गरेका छन ।
सभापति शेरबहादुर देउवाले रक्षा वा स्वास्थ्य मन्त्रालयमध्ये एक रोज्न भनेपछि केसीले अस्वीकार गरेका हुन । ‘गृहसहित कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने उनको इच्छा हो ।
गृह नभए पनि जनतासँग प्रत्यक्ष जोडिने र काम देखाउने मन्त्रालय नभएपछि आफ्नो रुचि नभएको उहाँले सभापतिलाई जानकारी गराउनुभएको हो,’ केसीका स्वकीय सचिव सरोजले भने, ‘उहाँ दुईपटक स्वास्थ्यमन्त्री भइसक्नुभएको छ ।
रक्षा मन्त्रालय जनसरोकारको मन्त्राल्ऽय भएन । त्यसैले सभापतिले आग्रह गर्दा पनि अस्वीकार गर्नुभएको हो । केसीले स्थानीय विकास, सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा इच्छा देखाएका थिए । तर, यी मन्त्रालय दिन नसकिने देउवाले बताएका थिए । ’ नयाँ पत्रिका दैनिकबाट