२० साउन, काठमाडौं – सरकारका मुख्यसचिव डा। सोमलाल सुवेदीले श्रीलंकामा अलपत्र ९० भन्द बढी महिलालाई जतिसक्दो चाँडो उद्धार गरी नेपाल फर्काउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
मुख्य सचिव सुवेदीले मन्त्रालयका सचिवहरुलाई बोलाएर तत्काल पीडित महिलाको उद्धार गर्न निर्देशन दिएका हुन् ।
इराक, कुवेत, ओमनलगायत मुलुकमा धेरै आम्दानी हुने काम लगाइदिन्छु भन्दै श्रीलंका र्पुयाइएका ९० जनाभन्दा बढी नेपाली महिलालाई त्यहाँको एउटा घरमा थुनेर राखिएको छ ।
श्रीलंकाबाट नेपाल र्फकन सफल ४१ वर्षीया मनमाया दनुवारले त्यहाँ अलपत्र दिदीबहिनीको उद्धार गरिदिन सरकारलाई गुहारेकी हुन् ।
उदयपुर गाईघाटकी मनमायाले गत असार १० गते एजेन्टलाई दुई लाख रुपैयाँ बुझाएपछि त्यसको भोलिपल्ट बिहानै उनलाई स्वयम्भूबाट नयाँदिल्ली जाने बस चढाएर भारत र्पुयाइएको थियो ।
नयाँदिल्लीमा तीन रात राखेर उनीलगायत अन्य १७ जनालाई हवाईजहाजबाट नै श्रीलंका लगिएको थियो । श्रीलंकामा बस्न पाउने ३० दिनको उनको भिसा सकिइसकेको छ भने अन्य सबै महिला पनि अनुमतिभन्दा धेरै दिन बसिरहेका छन् ।
उद्धारका लागि श्रीलंकासँग पनि सम्पर्क गरिसकेको परराष्ट्रमन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए । अन्नपूर्णबाट