Thu. Mar 6th, 2025

प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित

Prachanda
१९ साउन,  धादिङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

दाहाल संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस लगायत दलहरुको समर्थनमा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

बुधबार संसदमा भएको मतदान पश्चात सभामुख ओनसरी घर्तिमगरले संसदमा हाल कायम रहेका ५९५ सदस्य मध्ये कुल खसेको ५७३ मतको ३६३ मत पाएर प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन्।

बुधबार भएको मतदानमा एमाले, राप्रपा नेपाल, नेकपा माले, नेमकिपा, नेपाल समता पार्टी लगायतका २१० सांसदले विपक्षमा मतदान गरेका थिए।

About The Author

अन्य समाचारहरु: