१९ साउन धादिङ– धादिङको गोगनपानी गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा तालाबन्दी गरेका छन् । रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै ३०÷४० जना पीडितले गाविस कार्यालयमा ताला लगाएको सचिव पुण्य प्रसाद नेपालले बताए ।
बुधबारबाट गाविसमा सम्झौत गर्ने कार्यक्रम रहेको थियो । तालाबन्दी भएपछि गाविसको काम समेत प्रभावित भएको छ । गोगनपानी गाउँ विकास समितिमा २ सय ५३ जनाको नाम छुटेको गाविस कार्यलयले जनाएको छ । बास्तविक भुकम्प पीडितले घर बनाउनको लागी पाउने अनुदान पाउनुपर्ने भन्दै गाविसमा ताला लगाएका हुन् ।
घर भत्किएको छ, हामी अहिले पनि अस्थाई टहरोमा बसीरहेको छौँ, पीडित राजेन्द्र रेग्मीले भने “ कस्तो नीति हो यो पीडीत चाँही पीडीनै हुने होर ” । गाविसमा एक हजार चार सय ८७ जनालाई रातो कार्ड बितरण गरिएको थियो। ती मध्ये १२ सय ३४ जनाको मात्रै सम्झौतामा नामावली आएको छ । २ सय ५३ जनाले नाम छुटेको गुनासो गरेका छन्। ।