Tue. Nov 26th, 2024

विदेशमा अध्ययनका लागि एक वर्षमा साढे ३२ हजार विद्यार्थीले लिए नो अब्जेक्सन लेटर

fake-student१९ साउन, काठमाडौं –  विदेशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् ।

जसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ । शिक्षा मन्त्रालय नो अब्जेक्सन सर्टिफिकेसन शाखाका अनुसार आर्थिक वर्ष ०७२र७३ मा ३२ हजार चार सय ८२ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन् ।

राष्ट्र बैंकको करेन्ट माइक्रोइकोनोमिक एन्ड फाइनान्सियल सिचुएसन ९सिएमएफएस० अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १७ अर्ब ६४ करोड २० लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ ।

शिक्षा मन्त्रालयमा गत आर्थिक वर्ष साउन महिनाबाहेकको ११ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै विद्यार्थीले अस्ट्रेलिया, जापान र अमेरिकालाई प्रमुख गन्तव्य बनाएका छन् । ११ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी अस्ट्रेलियामा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन् । जापानका लागि पाँच हजार चार सय ९१ र अमेरिका अध्ययनका लागि चार हजार सात सय २६ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेका छन् ।

विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या प्रत्येक वर्ष बढ्दो छ । ०६८र०७९ मा १० हजार तीन सय २४ रहेकामा यो संख्या बढ्दै ०६९र०७० मा १६ हजार पाँच सय चार, ०७०र०७१ मा २८ हजार एक सय २६, ०७१र०७२ मा ३० हजार ६ सय ९६ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेका थिए । आव ०७२र०७३ मा यो संख्या बढेर साढे ३२ हजार पुगेको छ।नयाँ पत्रिका दैनिकबाट

About The Author

अन्य समाचारहरु: