Sat. Mar 15th, 2025

भारतमा चट्याङ लागेर ५२ जनाको मृत्यु

chatyanga१८ साउन, धादिङ – भारतको ओडिशामा पछिल्लो दुई दिनमा चट्याङ लागेर ५२ जनाको ज्यान गएको छ भने ८० जना भन्दा धेरै घाइते भएका छन् ।

ओडिशाको बालेश्वरमा ८, भद्रकमा ७, मयुरभन्जमा ७, खोर्धामा ६, कटकमा ५ र जाजपुरमा चार जनाको चट्याङ लागेर ज्यान गएको राज्य आपद नियन्त्रण केन्द्रले जनाएको छ । ज्यान जानेमा अधिकांश मानिस खेतमा काम गर्दै थिए ।

शनिबार मात्रै ४० जनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ । ज्यान जानेको संख्या अझै बढ्न सक्ने आशंका छ । अघिल्लो वर्ष ओडिशामा चट्याङ लागेर तीन सय ९६ जनाको ज्यान गएको सरकारी तथ्यांक छ ।

About The Author

अन्य समाचारहरु: