१७ साउन, धादिङ – राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् ।
सहमतिका लागि तोकिएको सात दिनको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले सोमबार व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गरेकी हुन् ।
‘संविधानको धारा २५८ को ३ अनुसार बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठन गर्न आग्रह गरिन्छ,’ राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा सोमबार प्राप्त पत्रमा लेखिएको छ।
अब संसद सचिवालयले निर्वाचन प्रक्रियाको कार्यतालिका तयार पार्ने र संसद बैठकमा पेश गर्ने छ ।