Tue. Nov 26th, 2024

नीलकण्ठ उमावि नमुना विद्यालय छनोट

neelkamtha-student
१६ साउन, धादिङ – सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ उच्च माध्यमिक विद्यालय नमुना विद्यालयको रुपमा छनोट भएको छ ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लामा एक÷एक वटा आवासीय नमूना विद्यालय भवन निर्माण गर्नका लागि शिक्षा विभागले विद्यालय छनौट गरेको हो । नीलकण्ठ उमाविमा हाल विज्ञान र इन्जिनियरिङ विषय पनि पढाई भइरहेको छ ।

धादिङ सहित काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, रामेछाप, सिन्धुली, दोलखा, मकवानपुर र ओखलढुंगामा पहिलो चरणमा नमुना विद्यालय बनाउन लागेको हो ।दातृ निकायले अत्याधुनिक प्रविधि जडित नमूना विद्यालय बनाउन लागेको हो ।

छनौट भएका विद्यालयको भौतिक संरचना र कक्षा कोठा व्यवस्थापन शिक्षण सिकाई गर्न ट्ेरनिङ हल, अडिटोरियम हल, संगीत प्रशिक्षण कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना तथा सञ्चार ल्याब, चमेना गृह, प्राथमिक उपचार कक्ष र छात्र छात्राको अलग शौचालय हुनेछ । त्यस्तै इन्डोर र आउटडोर खेलमैदान पनि बन्नेछ ।

विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय, इ–लाइब्रेरी, इन्टरनेट सहित कम्प्यूटर, फोटोकपी मेसिन, बिषयगत र अन्तरबिषय पुस्तकहरु, जर्नल, पत्रपत्रिका भएको हुनेछ । नमुना विद्यालयको भवन भूकम्पप्रतिरोधी हुनेछ ।

About The Author

अन्य समाचारहरु: