१६ साउन, धादिङ (एजेन्सी)– अमेरिकाको टेक्सस राज्यको एक हवाई सेवा (गुम्बारा)मा आगलागी भएको छ ।

आगलागीमा हुँदा त्यसमा सवार १६ जनाको ज्यान गएको छ । अमेरिकी अधिकारीले यसमा सवारहरुको जीवित हुने सम्भावना कम रहेको बताएका छन् ।
हादसाको स्थानीय समय अनुसार बिहान ७ : ४० मा यो दुर्घटना भएको हो । गुम्बारा खेतमा झरेको छ । यो ठाउँमा टेक्ससको राजधानीबाट झण्डै ५० किलोमिटर टाढा छ ।
सञ्चार माध्यमले विजुलीको तारमा ठोक्किएर आगो लागेको हुनसक्ने भन्दै समाचार छापेका छन् । लोकहार्टले समाचार लेखेको छ गुम्बारा एक घण्टाका लागि उडेको थियो तर आधा घण्टामा नै खस्यो । नेशनल टान्सपोर्ट सेफ्टी बोर्डले यो घटनाको छानबिन गरिरहेको छ ।