१४ साउन, धादिङ (एजेन्सी) – भारतको उत्तर प्रदेशको मैनपुरी जिल्लाका एक पसलेले १५ रुपैयाँ लागि एक दम्पतीको हत्या गरेका छन् । हत्या गर्ने पसले उच्च जातको रहेको सञ्चार माध्यमले जनाएका छन् । पसलेलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाका बारेमा इन्डियन एक्सप्रेसले लेखेको छ –केही दिनअघि दलित दम्पतीले पसलेसँग उधारोमा एउटा विस्कुट किनेका थिए । जसको मुल्य १५ रुपैयाँ थियो । त्यही विस्कुटको १५ रुपैयाँको कारणले यो घटना भएको हो ।
यस प्रदेशका मुख्य मन्त्री अखिलेश यादवको गाउँबाट घटना भएको ठाउँमा जम्मा चार किलोमिटर मात्र टाढा छ । पक्राउ परेका पसले विरुद्ध मुद्दा दर्ता भएको छ ।