Sat. Mar 15th, 2025

दलालको पछि लाग्दा १४ नेपाली चीनको हिरासतमा

jell

१३ साउन,  बेइजिङ – १४ जना नेपाली युवा चिनियाँ प्रहरीको नजरबन्द ‘डिटेन्सन’मा रहेका छन् । दलालको भरमा चीन काम गर्न भनेर विभिन्न समयमा आएका उनीहरु पर्यटक भिसा सकिएर अवैध भएपछि नजरबन्दमा परेका हुन् ।

पीडितले पत्रकार बताउने सीताराम पराजुली र जम्प टु अब नामक मेनपावरका एजेन्ट गोपाल शिवाकोटीले आफूहरुलाई चीनमा ल्याएर बिचल्ली पारेको भन्दै बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए ।

उनीहरुको निवेदनपछि दूतावासले स्थानीय प्रहरी समक्ष नेपाली युवालाई उद्धार गर्न अनुरोध गरेको थियो । बेइजिङको अध्यागमन कार्यालयमा ८ जना युवाहरु नजरबन्दमा छन् भने सान्तोङ प्रान्तमा दुई जना रहेका छन् ।

चीनको दक्षिणपूर्व हङकङ नजिकै रहेको सेन्जेनमा चारजना युवा प्रहरीको नजरबन्दमा रहेका छन् । चिनियाँ कानुनअनुसार भिसा सकिएर अबैध भएका विदेशीले दैनिक पाँच सय चिनियाँ युआन जरिवान तिर्नुपर्छ ।

नेपाली युवाहरुले सो रकम तिर्न नसकेपछि प्रहरीले उनीहरुलाई नजरबन्दमा राखेको हो । कान्तिपुर दैनिकबाट

About The Author

अन्य समाचारहरु: