११ साउन, काठमाडौं – भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएसँगै भारतमा खुसियाली छाएको टिप्पणी गरेका छन ।
भारतीय मिडियामा सोमबार प्रकाशित समाचारहरुमा प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँग निकट भएको तथा उनले आफ्नो कार्यकालभर नेपालमा रहेको भारतको परम्परागत प्रभाव घटाएको उल्लेख गरेका छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने अबको सरकारले भारतको पुरानो प्रभाव कायम गर्ने अधिकांश भारतीय मिडियाको तर्क छ । भारतीय मिडियामा भारतीय विदेश मन्त्रालयका बहालवाला उच्च अधिकारी र स्रोतलाई उल्लेख गर्दै समाचार लेखिए पनि औपचारिक टिप्पणी भने कुनै भारतीय अधिकारीको छैन ।
‘चीनसँग निकट रहेका प्रधानमन्त्री ओलीलाई भारतसँग निकट रहेका नेताले विस्थापित गर्दैै छन,’एसिया टाइमम्स अनलाइनमा भारतीय पूर्वकुटनीतिज्ञ एमके भद्रकुमार लेख्छन,’भारतले आफ्नो स्वार्थ पूरा गर्न काठमाडौंको सत्ता परिवर्तनका लागि पर्दा पछाडिबाट महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।’भारतीय अधिकांश मिडियाले प्रचण्ड सरकारमा आएसँग भारतसँगको सम्बन्धमा सुधार आउने दाबी गरेका छन् । अन्नपुर्णपोष्ट दैनिकमा खबर छ ।