Sat. Mar 15th, 2025

सवारी दुर्घटनामा मलेसीयामा एक नेपालीको मृत्यु

९ साउन, धादिङ-बाटो काट्ने क्रममा शनिवार मलेसीयाको जोहोरबारुमा एक नेपाली महिलाको मृत्यु भएको छ । दुई महिना अघि मलेसीयामा काम गर्न गएकी ईलामकी संगिता राईको ज्यान गएको हो ।

विहान डियुटी हिडेकी संगितालाई कारले ठक्कर दिएको हो । संगिताको शव पोष्टमार्टको लागी अस्पताल लगिएको छ । ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिएको छ । सडक िनयमको बारेमा थाहाँ नपाउँदा नेपाली कामदारले विदेशी भुमिमा अकालमा ज्यान गुमाउनु परेको छ ।

About The Author

अन्य समाचारहरु: