Sat. Dec 21st, 2024

१० करोडको कारोबार गर्दै क्षेत्रिय मेला सकियो

IMG_3051

१७ पुस,धादिङ-सदरमुकाम धादिङबेसीमा जारी मध्यमाञ्चल क्षेत्रिय मेला १० करोडको कारोबार गर्दै सकिएको छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको मध्यमाञ्चल क्षेत्रिय मेला तथा चौथो धादिङ महोत्सवको आज एकिकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समापन गर्नुभयो ।
मध्यमाञ्चल क्षेत्र भित्रका पर्यटकीय क्षेत्र, घरेलु उद्योग र कृषि क्षेत्रको विकास र समृद्धिका लागि आयोजना गरिएको महोत्सवमा दुई सय भन्दा धेरै स्टलहरु राखिएका थिए । घरेलु उद्योगमा बनेका सामाग्री, हस्तकलाका सामाग्री, कृषिजन्य उत्पादन, जडिबुटि र अटो मोबाइलका सामाग्रीहरु विक्रि तथा प्रदर्शनलाई जोड दिएर आयोजना गरिएको मेलामा १० करोडको कारोबार भएको मेला आयोजक समितिका संयोजक चन्द्रकान्त अधिकारीले बताउनुभयो ।
‘घरेलु उद्योग कृषि जलस्रोत पर्यटन प्रवद्र्धन, आर्थिक सम्बृद्धि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ पुष ७ गतेदेखि सुरु भएको मेला ५५ हजार भन्दा बढि दर्शकले अवलोकन गरेका छन् । होटल व्यवसाय, विभिन्न प्रकारका फेन्सी सामाग्री, इलोक्ट्रिोनिक सामाग्रीहरुको राम्रो कारोबार भएको व्यापारीहरुले प्रतिक्रिया दिएका छन् ।
महोत्सवमा अस्ट्रिज जातको चरा, गोही, अजिङ्गर सहित जङ्गली जनावर रहेको चिडियाघर, जनचेतनामूलक चलचित्रहरु र घरेलु उद्योग तथा कृषि प्रदर्शनी, हस्तकलाका सामाग्री, पुरातात्विक तथा धार्मिक सामाग्रीहरु अवलोकको लागि मानिसहरुको घुइचो लागेको थियो ।

aastris.psd

About The Author

अन्य समाचारहरु: