Thu. Mar 6th, 2025

मधेसी मोर्चा सरकारमा जाने संकेत

३१ असार, काठमाडौं- नयाँ संविधानलाई लिएर असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत मधेसी मोर्चाले नयाँ सरकारमा सहभागीता जनाउने संकेत गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन भई कांग्रेस(माओवादी केन्ऽको गठबन्धन सरकार बनेको अवस्थामा सहभागी हुने संकेत मोर्चाले गरेको हो ।

ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको मधेसी मोर्चाले कांग्रेस-माओवादी गठबन्धन सरकारमा समेत सहभागी हुने संकेत गरेको हो ।

मोर्चामा आबद्ध नेता सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नयाँ सरकारमा सहभागी हुने संकेत दिएका छन् ।

कर्णले मधेसी मोर्चा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका नेतृत्वमा बन्ने सरकारमा सहभागी हुनसक्ने धारणा राखे ।

‘केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो, हामी ओलीको विपक्षमा मत हाल्छौं, मधेसी मर्दा आँप झर्यो भन्ने सरकार ढल्दा यतिबेला खुसी छु, म भर्खर मधेसबाट आएको छु, सरकार ढलेकोमा मधेसीहरु खुसियाली मनाइरहेका छन्,’कर्णले भने । उनले सरकारमा जाने जनाए पनि मधेसी मोर्च कांग्रेृृस र माओवादीसँग अहिले पनि पूर्ण विश्वास नभएको टिप्पणी गरे । राजधानी दैनिकबाट

About The Author

अन्य समाचारहरु: