२९ असार, काठमाडौँ – नेपाली सांगीतिक फाटमा संगीतलाई माया गर्न धेरै सष्टा र सर्जकहरु छ्न्। यसै क्रममा लामो समय देखि नै अत्यन्तै संगीतलाई माया गर्ने एक कुशल गीतकार तथा संगीतकार हुन राजु कुमार श्रेष्ठ । उनको राजकुमार एल्बममा समाबेश गी “एउटा गाँउ थियो को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
भिडियोमा गाउँमा भएकी आफ्नी प्रेमिका लाई शहरबाट गाउँमा भेट्न आएको कथा बस्तु देखाएको छ । नेपाली ताराका बिजेता सन्तोष लामाको आवाज रहेको भिडियोमा सन्जय पौडेल र कृस्टिना थापाको फिचरिङ हेर्न सकिने छ ।
यसैगरि गितमा राजकुमार श्रेष्ठको आफ्नै शब्द र संगीत रहेको छ भने भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन । टेकेन्द्र शाहको ईडिट रहेको भिडियोलाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेका छन । यसै गरि भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको छ ।