Tue. Nov 26th, 2024

भारतबाट आयातीत बिजुली महँगियो

Light-e1419470339130२७ असार, काठमाडौं – नेपालले भारतबाट आयत गर्दै आएको ८० मेगावाट बिजुलीको खरिद मूल्य महँगिएको छ ।

फागुनदेखि नेपाल विद्युत प्राधिकरणले खरिद गर्दै आएको बिजुलीको मूल्य विगतभन्दा प्रतियुनिट २५ पैसाले महँगिएको हो । ५ महिनाको लागि प्रतियुनिट ३ रुपैयाँ ४४ पैसा(भारु)मा विद्युत खरिद गर्ने समझौता भए पनि हाल महँगिएर ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँ पुगेको विद्याुत् प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदसँगै रिमोर्टमार्फत स्वित थिचेर यो परिमाणमा विद्युत आयातको शुभारम्भ गरेका थिए ।

विद्युत प्राधिकरण र भारतको नेसनल थर्मल पावर कम्पनीको प्लान्टबाट व्यापारिक कम्पनी एनटीपीसी विद्युत व्यापार निगम बीच आइतबार नयाँ मूल्यसमबन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र एनभीभीएनका प्रवन्ध निर्देशक अरुणकुमार गर्गले हस्ताक्षर गरे । कारोबार दैनिकबाट

About The Author

अन्य समाचारहरु: