Thu. Mar 6th, 2025

माओवादीले सत्ता मागेपछि ओलीको यस्तो जवाफ

kp oli२७ असार, काठमाडौं – माओवादी केन्द्रले ९ बुँदे सहमति गर्दा भएको मौखिक भद्र समझदारीअनुसार यही गठबन्धनमा सत्ता हस्तान्तरण गर्न प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै विषयमा छलफल गर्न आइतबार बोलाएको सत्तारुढ दलको बैठकमा माओवादीले यस्तो प्रस्ताव राखेको हो ।

पार्टी हेडक्वाटर बैठकपछि बालुवाटार पुगेका माओवादी नेताहरुले आफूलार्इ नेतृत्व दिन प्रस्ताव गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९ बुँदे सहमति कार्यान्वयनमा केही काम भएपनि धेरै तीब्रता नआएको लगायत तर्क गर्दै नेतृत्व हस्तान्तरणको माग गरेका हुन् ।

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सरकार र गठबन्धनबारे बाहिर धेरै चर्चा भएको भन्दै यसबारेमा के धारणा छन् भन्नेबारे छलफल गरौ भन्दै एजेन्डा प्रस्तुत गरेको थिए । त्यसपछि प्रमुख सत्तासाझेदार दलको तर्फबाट प्रचण्डले पार्टीको निर्णयानुसार धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले पनि गठबन्धन आवश्यक रहेपनि असमझदारीको अवस्था रहे धेरै लामो सयमसम्म चल्न नसक्ने बताए ।

‘सरकार अहिल्यै ढल्छ, भरे नै ढल्छ भनेर हिँड्नु ठीक होइन, सहमतिका साथ जति दिन चल्छ त्यतिन्जेल चलाउने हो, ‘प्रधानमन्त्री ओलीको भनाई थियो, ‘असमझदारी पाली(पाली गठबन्धन जोगाउनु छैन मलाई पदमा बसिरहने रहर छैन ।’ कान्तिपुर दैनिकबाट

About The Author

अन्य समाचारहरु: