२३ असार धादिङ– धादिङको मार्पाकमा निर्माण गरीएको आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ ।
यता धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्र्न अनुमति दिने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको आयोजनाका प्रबन्धनिर्देशक विश्वनाथ कँडेलल जानकारी दिए ।
धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखु खोला जलविद्युत् आयोजनाले ८.४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।
कम्पनीले २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने जनाएको छ भने धादिङको लापा र सेर्तुङ गाविसमा आयोजनास्थल रहेको सो आयोजना आगामी हिउँदबाट निर्माण गरिने कम्पनीले तयारी गरेको छ । आयोजनाको कुल लागत रु चार अर्ब ३७ करोड रहेको छ ।