Thu. Mar 6th, 2025

गोविन्दराज जोशीको घरमा किन गए कोसियारी

२२असार, काठमाडौं –नेपाल(भारत सम्बन्धबारे अध्ययन गर्न बनेको प्रवुद्ध व्यक्ति समूह ९इपीजीको० बैठकमा भाग लिन काठमाडौं आएका भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारीले राजनीतिक भेटघाट तीब्र पारेका छन् ।

भेटघाटका क्रममा कोसियारीले नेपाली नेताहरुसँग ‘हिन्दुराष्ट्र’को समेत चर्चा गरेका छन् । भारतबाट कम बोल्ने र नेपालीको कुरा सुन्ने भन्दै काठमाडौं आएका उनले नेपाली नेतासँगको भेटमा १९५० को सन्धीको बचाउमा लविङसमेत गरेका छन् ।

प्रवुद्ध समूहको भारतीय पक्षका संयोजकसमेत रहेका कोसियारी मंगलबार बिहानै धापासीस्थित कांग्रेस नेता गोविन्दराज जोशीको निवासमा एकजना सहयोगीलाई लिएर पुगेका थिए ।

कोसियारीलाई भेट्न जोशी निवासमा कांग्रेस नेता कुलबहादुर गुरुङ र विनयध्वज चन्दसमेत पुगेका थिए । जोशीको घरमा कोसियारीले बिहान ८ देखि साढे ९ बजेसम्म करिब डेढघण्टा बिताए । ब्रेकफास्टसहितको सो बैठकमा कोसियारी र कांग्रेसका तीन नेतावीच नेपाल(भारत सम्बन्धलाई कसरी सुमधुर बनाउने भन्नेबारे कुराकानी भएको स्रोतले बतायो ।

त्यसैगरी जोशी निवासमा भएको कुराकानीमा कोसियारीले सन् १९५० को सन्धीले नेपाललाई नै फाइदा पुगिरहेको भन्दै धेरैले यो सन्धी नपढिकन विरोध जनाएको टिप्पणी गरे । कांग्रेस नेताहरुले पनि १९५० को सन्धी खारेज गर्न नहुने भन्दै कोसियारीको भनाइमा सही थापेका थिए ।

हिन्दुराष्ट्रका पक्षपाती भारतीय नेता कोसियारीले भेट गरेका कांग्रेसका तीनैजना नेताहरु हिन्दुराष्ट्रका पक्षपाती हुन् ।
अनलाईन खबरबाट

About The Author

अन्य समाचारहरु: