Thu. Mar 6th, 2025

रोनाल्डो र नानी एकअर्का विरुद्ध खेल्ने

epa05384000 Cristiano Ronaldo of Portugal (R) celebrates scoring the 2-2 with Nani during the UEFA EURO 2016 group F preliminary round match between Hungary and Portugal at Stade de Lyon in Lyon, France, 22 June 2016. (RESTRICTIONS APPLY: For editorial news reporting purposes only. Not used for commercial or marketing purposes without prior written approval of UEFA. Images must appear as still images and must not emulate match action video footage. Photographs published in online publications (whether via the Internet or otherwise) shall have an interval of at least 20 seconds between the posting.)  EPA/ROBERT GHEMENT   EDITORIAL USE ONLY

२२, असार  – पोर्चुगलका नानी भ्यालेन्सियामा अनुबन्धित भएका छन् । स्पेनिस क्लब भ्यालेन्सियाले फेनरवाचीका नानीलाई अनुबन्ध गरेको जानकारी दिएपनि कतिमा अनुबन्ध गरिएको हो भन्ने खुलाएको छैन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी २९ वर्षका नानी अहिले युरोकपका लागि पोर्चुगलको टिममा छन् ।

नानीलाई इंग्लिस क्लब स्टोक सिटीले भित्र्याउन चाहेको थियो । उनले स्पोर्टिङ लिस्बोनबाट व्यवसायिक खेल जीवन सुरु गरेका थिए । नानीले भ्यालेन्सियासँग तीन वर्षको सम्झौता गरेका छन् ।

नानी सन् २०१५ मा तीन वर्षको सम्झौतामा फेनरवाची गएका थिए । म्यानचेस्टर युनाइटेडमा रहँदा नानीले चार वटा प्रिमियर लिग र एक च्याम्पियन्स लिग उपाधि जितेका थिए । गएको सिजन फेनरवाचीबाट ४६ खेल खेलेका उनले १२ गोल गरेका थिए ।

नानी भ्यालेसिन्या आएपछि सन् २००८ को सिजनमा एउटै क्लब म्यानचेस्टर युनाइटेडबाट खेलेका पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो र नानी आउँदो सिजन एउटै क्लबबाट नभएपनि एउटै लिग, ला लिगामा एकअर्का विरुद्ध खेल्ने भएका छन् । रोनाल्डो सन् २००९ देखि ला लिगा क्लब रिय मड्रिडमा छन् ।

– एजेन्सीको सहयोगमा

About The Author

अन्य समाचारहरु: